विमला वलीले पदीय मर्यादा विपरीत व्यवहार देखाएको छानबिन समितिको ठहर | Khabarhub Khabarhub

विमला वलीले पदीय मर्यादा विपरीत व्यवहार देखाएको छानबिन समितिको ठहर


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ । मन्त्री जस्तो व्यक्तिले पदीय मर्यादा विपरीत नेकपा माओवादी केन्द्रका कार्यकर्ता एकराज बस्नेतको घरमा गएर आवेगमा आइ कमजोरी गरेको घटनाको छानबिन गर्न गठित समितिले निष्कर्ष निकालेको हो ।

उक्त घटनापछि प्रदेश सरकारले सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन समिति निर्माण गरेको थियो । समितिले शनिबार मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा पूर्व स्वास्थ्यराज्यमन्त्री  वलीबाट विवादित व्यक्तिको घरमा गएर पदीय मर्यादा विपरीत कमजोरी गरेको ठहर गरिएको छ ।

छानबिन समितिका संयोजक सरकारका प्रवक्ता शर्माले माओवादी कार्यकर्ता बस्नेतले सापटी लगेको रकम फिर्ता नगर्दा राज्यमन्त्री वलीले आवेगमा आएर कमजोरी गरेको पाइएको बताए । ‘एकराजसँग लिनुपर्ने साढे ६ लाख रुपैयाँ अन्य उपाय अपनाएर असुल उपर गर्नुपर्थ्यो, तर त्यसो नगरी आवेगमा घरभित्र गएर कमजोरी गरेको देखियो’ उनले भने ।

मुख्यमन्त्री केसीले भने मन्त्रीलाई बदनाम गर्न सुनियोजित ढंगले घटना भएको हुन सक्ने आशंका व्यक्त गरे । ‘यो विषयको पनि छानबिन गरिने छ’ प्रतिवेदन बुझ्दै उनले भने । मुख्यमन्त्री केसीले एकराजले घरमै छु भनेर बोलाएको घरमा जाँदा उनी नभएको तर धेरैजना आफन्त र पत्रकार समेत पुगिसकेकाले योजनाबद्ध तरिकाले घटना भएको हुन सक्ने देखिएको दाबी गरे ।

उनले छानबिन समितिले बुझाएको प्रतिवेदनको विस्तृत अध्ययन गरिने र आवश्यक कदम चाल्ने पनि बताए । घटनापछि विवादमा आएकी राज्यमन्त्री वलीले असार १२ गते राजीनामा दिएकी थिइन् भने १५ गते राजीनामा स्वीकृत भएको थियो ।

राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मिना भण्डारी बस्नेत र उनकी छोरीमाथि हातपात गरेकी थिइन् ।

उक्त घटना छानबिनका लागि सरकारले आर्थिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा संयोजक, कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती र महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेको समिति गठन गरेको थियो ।

श्रीमान् उत्तरकुमार ओलीको निधन भएपछि विमलाले तत्कालीन नेकपाबाट दाङको ३ को (ख) बाट उपनिर्वाचन जितेकी थिइन् । श्रीमान् ओलीले भने एमालेबाट चुनाव जितेका थिए । २०७७ साल फागुन २३ गते सर्वोच्चले नेकपा खारेज गरेपछि वैशाख १९ मा उनले माओवादी केन्द्र रोजेकी थिइन् ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : ५२ बजे

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र