विमला वलीले पदीय मर्यादा विपरीत व्यवहार देखाएको छानबिन समितिको ठहर « Khabarhub

विमला वलीले पदीय मर्यादा विपरीत व्यवहार देखाएको छानबिन समितिको ठहर


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ । मन्त्री जस्तो व्यक्तिले पदीय मर्यादा विपरीत नेकपा माओवादी केन्द्रका कार्यकर्ता एकराज बस्नेतको घरमा गएर आवेगमा आइ कमजोरी गरेको घटनाको छानबिन गर्न गठित समितिले निष्कर्ष निकालेको हो ।

उक्त घटनापछि प्रदेश सरकारले सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन समिति निर्माण गरेको थियो । समितिले शनिबार मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा पूर्व स्वास्थ्यराज्यमन्त्री  वलीबाट विवादित व्यक्तिको घरमा गएर पदीय मर्यादा विपरीत कमजोरी गरेको ठहर गरिएको छ ।

छानबिन समितिका संयोजक सरकारका प्रवक्ता शर्माले माओवादी कार्यकर्ता बस्नेतले सापटी लगेको रकम फिर्ता नगर्दा राज्यमन्त्री वलीले आवेगमा आएर कमजोरी गरेको पाइएको बताए । ‘एकराजसँग लिनुपर्ने साढे ६ लाख रुपैयाँ अन्य उपाय अपनाएर असुल उपर गर्नुपर्थ्यो, तर त्यसो नगरी आवेगमा घरभित्र गएर कमजोरी गरेको देखियो’ उनले भने ।

मुख्यमन्त्री केसीले भने मन्त्रीलाई बदनाम गर्न सुनियोजित ढंगले घटना भएको हुन सक्ने आशंका व्यक्त गरे । ‘यो विषयको पनि छानबिन गरिने छ’ प्रतिवेदन बुझ्दै उनले भने । मुख्यमन्त्री केसीले एकराजले घरमै छु भनेर बोलाएको घरमा जाँदा उनी नभएको तर धेरैजना आफन्त र पत्रकार समेत पुगिसकेकाले योजनाबद्ध तरिकाले घटना भएको हुन सक्ने देखिएको दाबी गरे ।

उनले छानबिन समितिले बुझाएको प्रतिवेदनको विस्तृत अध्ययन गरिने र आवश्यक कदम चाल्ने पनि बताए । घटनापछि विवादमा आएकी राज्यमन्त्री वलीले असार १२ गते राजीनामा दिएकी थिइन् भने १५ गते राजीनामा स्वीकृत भएको थियो ।

राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मिना भण्डारी बस्नेत र उनकी छोरीमाथि हातपात गरेकी थिइन् ।

उक्त घटना छानबिनका लागि सरकारले आर्थिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा संयोजक, कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती र महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेको समिति गठन गरेको थियो ।

श्रीमान् उत्तरकुमार ओलीको निधन भएपछि विमलाले तत्कालीन नेकपाबाट दाङको ३ को (ख) बाट उपनिर्वाचन जितेकी थिइन् । श्रीमान् ओलीले भने एमालेबाट चुनाव जितेका थिए । २०७७ साल फागुन २३ गते सर्वोच्चले नेकपा खारेज गरेपछि वैशाख १९ मा उनले माओवादी केन्द्र रोजेकी थिइन् ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : ५२ बजे

कांग्रेसको निष्कर्ष- आन्तरिक कारणले चुनावमा पराजित भयौँ

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको

विपद्का घटनामा ६ जना घाइते, १ सय ९५ घरपरिवार प्रभावित

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा

भरूवा बन्दुकसहित एकजना पक्राउ

मकवानपुर– बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक

नबिलले दियो मानवसेवा आश्रमलाई अटो

काठमाडौं– नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन

निफका लागि ‘शोले’का निर्देशक रेमश सिप्पी नेपाल आउँदै

काठमाडौं – भारतका चर्चित निर्देशक, निर्मात र कलाकार रमेश सिप्पी