बाढीले पोल ढालेपछि विद्युत् आपूर्ति ठप्प « Khabarhub

बाढीले पोल ढालेपछि विद्युत् आपूर्ति ठप्प


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर–  उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थित लोहाले खोलाको बाढीले पोल ढालेपछि गाईघाट पूर्वका दर्जनौँ गाउँमा विद्युत् सेवा ठप्प भएको छ ।
गाईघाटस्थित विद्युत् प्राधिकरण कार्यालयले तत्काल पोल गाडेर सेवा सुचारु गर्न आनाकानी गरेपछि त्यस क्षेत्रका  सर्वसाधारण अँध्यारोमा बस्न बाध्य भएका छन् ।
विद्युत् आपूर्ति नियमित नहुँदा कतिपय सरकारी कार्यालयहरूमा सर्वसाधारणको काम रोकिएको मात्र छैन खानेपानी, छापाखाना, उद्योग व्यवसाय सबै तिरको दैनिक कामकाज प्रभावित बनेको छ । शनिवार पोल ढलेर विद्युत् सेवा अवरुद्ध भएको करिब १५ घण्टा बितिसक्दा पनि पुन पोल गाडेर बिजुली सेवा प्रवाह गर्नमा प्राधिकरणका कर्मचारीहरूको खासै चासो नदेखिएको त्रियुगा नगरपालिका वडा नम्बर २ का अध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए ।
पोल ढलेर विद्युत् सेवा विच्छेद भएपछि त्रियुगा नगरपालिकाका वडा नम्बर १, २ र चोदण्डिगढी नगरपालिकाका वडा नम्बर ५, ९ र १० मा शनिवार बिहानैदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।
विद्युत् प्राधिकरण गाईघाट शाखाका कर्मचारीहरूको गैर जिम्मेवार प्रवृत्तिका कारण आम उपभोक्ताले सास्ती खेप्नु परेको चौदण्डिगढी नगरपालिका वडा नं १० का वडा अध्यक्ष धर्मराज खड्काले बताए ।
गाईघाटस्थित विद्युत् प्राधिकरणका निमित्त कार्यालय प्रमुख इन्जिनियर सत्यनारायण साहसँग सम्पर्क गर्दा धेरैतिर बाढीले क्षति पुर्‍याएकोले मर्मत सम्भार गर्दागर्दै नभ्याइएकाले त्यस क्षेत्रमा पनि काम भई रहेको जानकारी दिए ।जोगिदहको धनगढी तिरको भने पोल ठड्याउन केही समय लाग्ने जानकारी दिए ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ९ : ११ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।