ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु | Khabarhub Khabarhub

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१५ थसिखेल चोकमा बागमती प्रदेश ०२–०३४ प ०७५८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक महालक्ष्मी नगरपालिका–१० लामाटार बस्ने ४४ वर्षीय चन्द्रबहादुर स्याङ्तानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सातदोबाटो गणेशमान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

यता काठमाडौँ महानगरपालिका–१० युएनपुल नजिकै सडकमा बागमती प्रदेश०२०२६प ०६२७ नंको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ललितपुर महानगरपालिका–१० बस्ने ७३ वर्षीय मधुरमान मास्केको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको सिभिल अस्पताल मीनभवनमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका–३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने नुवाकोट मेघाङ गाउँपालिका–६ घर भएका २४ वर्षीय आशिष तामाङ आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ९ : २४ बजे

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौं – संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक