बैतडीबाट पाँच महिलाको उद्धार « Khabarhub

बैतडीबाट पाँच महिलाको उद्धार


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा मानसिक समस्या भएका पाँच महिलाको उद्धार गरिएको छ । उनीहरुलाई जिल्लामा विभिन्न स्थानबाट उद्धार गरिएको हो ।

मानसिक समस्या भएर लामो समयदेखि बेवारिसे महिलाहरुको उद्धार गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

जिल्लाको शिवनाथ गाउँपालिकाबाट दुई, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाबाट एक/एक जनाको उद्धार गरिएको उनले बताए ।

धनगढीमा रहेको दृष्टि फाउन्डेशन संस्थासँग सहकार्य गरेर उनीहरुको उद्धार गरिएको उनले बताए । उद्धार गरिएका मानसिक समस्या भएका महिलाहरुका लागि आवश्यक औषधि स्वास्थ्य कार्यालय बैतडीले व्यवस्था गर्नेछ ।

निःशुल्क रूपमा खाना र बासको व्यवस्थासहित मनोसामाजिक परामर्श फाउन्डेशनले गर्नेछ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ९ : ५७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह