ड्रागन फ्रुटखेती कर्णालीका लागि नयाँ सुरुआत: मन्त्री शाही | Khabarhub Khabarhub

ड्रागन फ्रुटखेती कर्णालीका लागि नयाँ सुरुआत: मन्त्री शाही


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले ड्रागन फ्रुट खेती कर्णालीका लागि नयाँ सुरुआत भएको बताएका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत नेवारेस्थित मालिका कृषि तथा ड्रागन फ्रुट फर्मको आज उद्घाटन गर्दै सहकारीमन्त्री शाहीले मेहनती कृषकका कारण कृषि क्षेत्र व्यावसायिक प्रवद्र्धन र उन्नति हुने बताए ।

उनले भने, “ड्रागन फ्रुट उत्पादनमा वृद्धि गर्नुस्, बजारीकरणमा समस्या देखिए प्रदेश सरकारले त्यसको सहजीकरण गर्छ ।”

कर्णाली प्रदेशको आर्थिक समृद्धिमा कृषि क्षेत्रको ठूलो भूमिका रहेको भन्दै मन्त्री शाहीले व्यावसायिक र पौरखी कृषकहरुका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास दिए ।

कुनै पनि निकायको सहयोगबिना लाखौँको लगानी गरेर यहाँको अर्थतन्त्रमा सहयोग पुर्‍याउने अभियानमा लागेको भन्दै फर्मका सञ्चालिका पद्मा रावत (बुढा)लाई उनले धन्यवाद दिए ।

सञ्चालिका बुढाले एक वर्षदेखि सुरु गरेको फर्मले उत्पादित एक क्विन्टल ड्रागन फ्रुट बजारमा पठाइएको जनाइन् । उनले भनिन्, “२८ कठ्ठा जमीन भाडामा लिएर रु ७० लाखको एकल लगानीमा ड्रागन फ्रुटको खेती गरिएको छ । एक सिजनमा प्रतिबोटले न्यूनतम पाँच केजीका दरले १३ हजार केजी दिने अपेक्षा गरेका छौँ ।”

उत्पादन गरिएको ड्रागन फ्रुट बिक्रीका लागि बजार लिनु नपरेको र अहिले सबै फर्ममा आएर किन्ने गरेको उनले बताइन् । बुढाका अनुसार प्रतिकेजी रु ८०० का दरले ड्रागन फ्रुट बिक्री गर्ने गरिएको छ । एक सिजनमा १३ हजारका दरले वर्षमा ५२ हजार किलो ड्रागन फ्रुट उत्पादन हुने फर्मले अनुमान गरेको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १० : १० बजे

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी