सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै « Khabarhub

सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खार्तुम– सुडानमा सैनिक जनरलहरूले गत अक्टोबरमा राज्य विद्रोह गरी चलाएको सत्ताको विरोधमा दैनिक हजारौँको सहभागिता हुन थालेको छ ।

सरकार विरोधी आन्दोलन थप चर्किंदै जाँदा भएका प्रदर्शनका क्रममा शुक्रबार नौ जनाको मृत्यु भएको भन्दै शनिबार निकालिएको जुलुसमा हजारौं सहभागी बनेका छन् ।

राजधानी केन्द्रित प्रदर्शनका क्रममा हजारौं सर्वसाधारणले सरकारी अधिकारीहरूको दमनको विरोध गरेका हुन् ।

संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय समुदायका विभिन्न मुलुकले शान्तिपूर्ण विरोधमा सेनाबाट बल प्रयोग गरेको भनी घटनाप्रति चासो व्यक्त गर्दै घटनाको कडा शब्दमा निन्दा गरेका छन् ।

अक्टोबरदेखि अहिलेसम्म भएका प्रदर्शनका क्रममा १८ बालबालिकासहित ११३ जनाको मृत्यु भइसकेको छ ।

सरकारी अधिकारीहरुको दमनसँगै इन्टरनेटलगायतका सञ्चार सेवाहरु पनि विच्छेद गरेका छन् ।

आन्दोलनरत सर्वसाधारणको जमघट कम गर्न सरकारी अधिकारीहरुको निर्देशनमा इन्टरनेट सेवा अवरुद्ध पारेको सेवा प्रदायकहरुले जनाएका छन् । सुडानस्थित विभिन्न दूतावास तथा मानवअधिकारवादी संघसंस्थाहरुले भने सरकारी दमनको विरोध गर्दै लोकतन्त्रमा विरोधीहरुको मतको सम्मान गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १० : २३ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र