युद्ध अपराधकै उत्कर्ष | Khabarhub Khabarhub

युद्ध अपराधकै उत्कर्ष


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोन्सटक क्षेत्रमा रुसले बन्धक बनाएर राखेका थुप्रै युद्ध बन्दीको ज्यान गएको छ। यो हमलालाई युद्ध अपराधको चरम उत्कर्षसमेत मानिएको छ। ५० भन्दा बढीको ज्यान गएको सो हमलामा युक्रेन र रुसले एक आपसमा दोषारोपण गरेका छन्। युक्रेनले रुसले लक्षित गरेर नै आक्रमण गरेको तथा उसले गरेको अमानवीय व्यवहार र मान्छेलाई दिइने गरेको यातनाको यो एउटा नमूना भएको प्रतिक्रिया दिएको छ। रुसले पनि ओलेभ्नीकामा रहेको क्याम्पमा युक्रेनीले रकेट प्रहार गरेको आरोप लगाएका छन्। एक पुष्ट नभएको रुसी भिडियोमा क्षतविक्षत हुनेको अवस्था तथा घाइतेलाई देखाइएको थियो। यसरी समातिने धेरै आजाभे बटालियनमा संलग्न थिए।

मारिओपोलको रक्षार्थ खटिने यो अन्तिम दस्ता थियो। मारिओपोल त्यही स्थान हो, जहाँ रुसले विगतमा सम्पूर्ण युद्ध अपराध बिर्साउने खालको गतिविधि गरेको थियो। युक्रेनका नयाँ अभियोजक जनरल आन्द्रे कोस्टिनले यस आक्रमणका बारे छानबिन सुरु गर्ने बताएका छन्। उनको कार्यालयले यसको सबै आँकडा तयार पारिरहेको छ। सुरुवाती दिनमा तयार गरेको आँकडा अनुसार ४० जना त्यस हमलामा मारिएका छन् भने १ सय ३० जना घाइते भएका छन्। तर, विभिन्न सञ्चार माध्यमकै अनुसार यो आँकडामा धेरै परिवर्तन आइसकेको छ। ५० भन्दा बढीको ज्यान गएको पुष्टि भइसकेको छ।

रुसको सहयोगमा पृथकतावादी गतिविधि गरिरहेको डोन्सटेक जन गणतन्त्र प्रमुख डानीयल बेजनासोभाले ब्यारेकमा नै लक्षित गर्दै आक्रमण भएको बताएका छन्। रुसको रक्षा मन्त्रालयले अमेरिकाले दिएको हतियारलाई प्रयोग गर्दै युक्रेनले आक्रमण गरेको आरोप लगाएको छ। मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल आइगोर कोनासेनेकोभले विस्फोटमा आठ जना कर्मचारी पनि मारिएको बताएका छन्। रुस संरक्षित प्रोक्सी अथोरोटीले कुनै पनि व्यक्तिको ज्यान नगएको जनाएको छ।

ओलीभ्नीया नजिकको शिविरको अवस्था त्यत्तिकै नारकीय छ। फलामे छानो भएको उराठ लाग्दो त्यहाँ मुस्किलले कुनै छिद्रहरूबाट प्रकाश छिर्ने गरेका छन्। त्यहाँ भित्र छरपस्ट भएका जलेर नष्ट भएका मानिसका शव छन्। केही भने जलेका छैनन्। तर, उनीहरूको रगत जताततै लतपतिएको छ। उनीहरू मुस्किलले पहिचान गर्ने अवस्थामा छन्। यसो हेर्दा निदाइरहेको हो की भन्ने पनि भान हुन्छ।

कसले यिनीहरुको यस्तो अवस्था गराएको हो अनिश्चित नै छ। युक्रेन र रुसले यसमा एक आपसमा निरन्तर आरोप प्रत्यारोप गरेका छन्। रुसले आफ्नै नागरिक बन्दी भएपछि उनीहरूलाई यसरी निर्ममता पूर्वक मारिएको दाबी गरेको छ। अजोभ बटालियनका ती सेनालाई त्यसरी मारेर युक्रेनले खराब गरेको भन्ने आरोप रुसले लगाउन छाडेको छैन।

युक्रेनले रुसले उनीहरूलाई मारेर अमानवीय गतिविधिको पराकाष्ठा नै पार गरेको आरोप लगाएको छ। दुई महिना अघि नै युक्रेनले रुसले युद्ध बन्दीलाई यातना दिएको भन्दै आलोचना गरेको थियो। केही दिन अगाडि मात्र ती बन्दी त्यस घरमा ल्याइएका थिए। युक्रेनका दाबी पनि त्यहाँ यसरी आक्रमण गरेर मार्न सहज हुने भएकाले नै रुसले लगेको हो।

निष्पक्ष सञ्चारकर्मी त्यहाँ पुग्न सकेका छैनन्। यो दाबीलाई पुष्टि गर्न अन्य कसैले केही गर्न सक्ने अवस्था पनि छैन। युक्रेनले रुसले आक्रमण गरेको थुप्रै प्रमाण आफूहरूसँग भएको जनाएको छ। यी धेरै प्रमाण मध्य रुसी सहयोग प्राप्त पृथकतावादीको टेलिफोन वार्ताको रेकर्ड पनि हो। ती विद्रोही समूह आफैले बनाएको हतियारमार्फत विस्फोट गराउने योजना त्यसै रेकर्डमा सुनिएको दाबी युक्रेनी पक्षको हो। केही युक्रेनीको दाबी रुसको वाग्नर समूहबाट यो नरसंहार भएको दाबी छ।

एउटा तटस्थ समूहबाट अनुसन्धान भए मात्र यसको यथार्थ पत्ता लगाउन सकिने अवस्था छ। यसरी निष्पक्ष व्यक्ति र संस्था त्यहाँ उपस्थित हुन सक्ने सम्भावना नै न्यून देखिएको छ।

राष्ट्रपति जेलेन्सकीका अर्का सल्लाहकार मिखायलो पोडोलायकले युक्रेनी अधिकारीलाई गलत साबित गर्दै रुस र योसँग आबद्ध हुनेहरूले अत्यन्त गलत ढङ्गले अफवाह फैलाएको आरोप लगाएका छन्। उनले राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय निकायबाट यसको छानबिन हुनु पर्ने कुरामा जोड दिएका छन्।

राष्ट्रवादी अभाज बटालियनका संस्थापक आन्द्रे बिलाटेस्कीले त्यस इकाईका धेरै सेना पनि मारिएको जानकारी दिएका छन्। ओलेम्भनीका नजिक मारिओपोलको अजाभोस्टी प्लान्टका सेना रुसलाई आत्मसमर्पण गरेका थिए। ती धेरै सेनाहरू मारिएका छन्।

लगातारको रुसी आक्रमणको सामना गरेका त्यहाँका सेनाले मे महिनामा आत्मसमर्पण गरेका थिए। त्यसरी आत्मसमर्पण गर्नु अगाडिसम्म उनीहरूले त्यहाँको टनेललाई सेल्टरको रूपमा प्रयोग गरेका थिए। युक्रेनी अधिकारीले यस अगाडि नै ओलेभ्निकाका ती बन्दीलाई चरम यातना दिइएको आवाज उठाएका थिए।

शुक्रवार सार्वजनिक भएको भिडियो अनुसार त्यस क्षेत्रमा बन्दी बनाइएकालाई अर्को रुसी पकडमा परेको डोन्सबास्कमा लगेर राखिएको पनि देख्न सकिन्छ। रुसी सेनाले सेभर डोन्सटेकमा गरेको आक्रमणको भिडियो नै खिचेर राखेका छन्।

यो दुर्घटना भए पछि त्यहाँका सेना प्रमुखले रुसले युद्ध अपराधलाई निरन्तरता दिने क्रममा यो दुर्घटना भएको बताएका छन्। यस घटनापछि अन्तर्राष्ट्रिय निकायको प्रतिक्रिया पनि नआएको होइन। बेलायतले घटनामा रुसी पक्ष नै जिम्मेवार भएको प्रतिक्रिया दिइसकेको छ।

घटनामा वाग्नर समूहको संलग्नताका कारण पनि रुसी सेना नै दोषी भएको जनाइएको छ। गत मार्चदेखि युक्रेनको पूर्वी क्षेत्रमा निजी सैनिक कम्पनी वाग्नर ग्रुपले रुसी सेनासँग मिलेर युद्ध लडिरहेको छ। त्यस क्षेत्रमा हुने घटनामा वाग्नर र रुसी सेना दुवै जिम्मेवार हुनुपर्नेमा बेलायती रक्षा मन्त्रालयले जोड दिएको छ।

युक्रेनी राष्ट्रपति भालोडोमिर जेलेन्सकीले त आपराधिक गतिविधिमा रुसले सबै भन्दा बढी लगानी गरेको आरोप लगाएका छन्। जेलेन्सकीले यसलाई विश्वले नै चासो पूर्वक हेर्नुपर्ने तथा अमेरिका जस्तो प्रजातान्त्रिक देशले अझ बढी चासो लिनुपर्नेमा जोड दिएका छन्। अमेरिका स्टेट डिपार्टमेन्टले रुसलाई आतङ्कवादको प्रायोजकको रूपमा व्याख्या गरेको छ। रुस क्युबा, उत्तर कोरिया, इरान र सिरियासँग एकत्रित हुनु पर्ने कुरा पनि अमेरिकाको स्टेट डिपार्टमेन्टले जनाएको छ।

अहिले रुसमाथि गम्भीर युद्ध अपराध भएर र गरेको आरोप लागेको छ। सन् १९४९ मा संयुक्त राष्ट्र सङ्घमा पहिलो पटक यस विषयमा छलफल भएको थियो। कूटनैतिक बैठक पछि २१ अप्रिलमा १९४९ मा युद्ध पीडितहरूलाई संरक्षण गर्ने अभिसन्धि बाहिर आएको थियो।

सन् १९४९ जेनेभा सन्धिमै सन् १९७७ मा केही प्रोटोकल राखिएको थियो।
यसपछि युद्ध अपराधको व्याख्या गर्ने क्रममा कसैलाई पनि पनि नियतवश मार्नुलाई युद्ध अपराध मानेको छ। यसैगरी, भौतिक पीडा हुने गरी दिइने अमानवीय यातनालाई पनि युद्ध अपराधको रूपमा व्याख्या गरिएको छ।

शरीर र स्वास्थ्यमा गम्भीर चोटपटक लागेमा पनि यसलाई युद्ध अपराधकै कोटीमा राखिएको छ। राष्ट्र सङ्घकै व्याख्या अनुसार युद्ध बन्दीमाथि हुने शत्रुतापूर्ण व्यवहार पनि युद्ध अपराधकै सूचीमा छ।

त्यसो त सेनाको सम्पत्ति भन्दाबाहेक अन्य व्यक्तिको सम्पत्तिमा हुने आक्रमणलाई समेत युद्ध अपराधकै कोटीमा राखिएको छ। गाउँ र बस्तीमा हुने आक्रमणलाई पनि अमानवीय व्यवहारको संज्ञा दिइएको छ। कब्जा गरिएको स्थानबाट आम व्यक्तिलाई डिपोर्ट गर्ने कामसमेत युद्ध अपराधकै रूपमा सूचीकृत गरिएको छ।

यसरी राष्ट्र संघले तय गरेको युद्ध अपराधका धेरै मापदण्डलाई पार गर्दै अहिले रुसले सीमा नै पार गरेको छ। अस्पताल , प्रसूति गृह र मानव बस्तीमा आक्रमण गरेको रुसले युद्ध बन्दीलाई पनि मारेको आरोप लागेको छ। तर, यो प्रमाणित भइसकेको छैन। तर, विगतलाई आधार मान्ने हो भने यो घटना रुसकै कारण भएकोमा अन्तर्राष्ट्रिय निकायले रुसलाई नै दोषी ठहर गर्न थालेका छन्। फेब्रुअरी महिनादेखि भएको यस युद्धमा थुप्रै अमानवीय घटना र युद्ध अपराधको शृङ्खला देखिएका थिए। त्यसैमा पछिल्लो घटना थपिएको छ।
स्रोत : बीबीसी, भ्वाइस अफ अमेरिका, युएन

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ९ : २९ बजे

कालीगण्डकीको आँधीघाटमा पक्की पुल निर्माण अन्तिम चरणमा

स्याङ्जा– गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा निर्माणाधीन पुल

नवलपुरमा बस दुर्घटना हुँदा २३ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा बस

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा– झापाको बिर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको

एन्फा महिला लिगमा आज दुई खेल हुँदै

काठमाडौं– एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

चलचित्र समीक्षा : साम्बालाको सौन्दर्य

मीन भाम निर्देशित साम्बाला बौद्ध दर्शनमा आधारित आदिवासी कथामा निर्मित