पहिरोले नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन- लगातारको वर्षाका कारण पहिरो खसेर नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध छन्। सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएका हुन्। नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९ केराबारी र सत्रकिलोमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ।

इच्छाकामना गाउँपालिका–६ को २ र ३ नम्वर पुलको बीचमा खसेको पहिरो पन्छाएर सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए।

पृथ्वी राजमार्गअन्तर्गत ईच्छाकामना–३ कुरिनघाटमा बिहान ८:५० बजे खसेको पहिरो पन्छाउने काम सुरु भएको उनले बताए। पहिराले राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ। लोडरको प्रयोग गरेर बाटो खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने प्रयास गरेको हो। लगातार पानी परिरहेकाले अन्य स्थानमा पनि पहिरो जाने जोखिम रहेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सुझाएको छ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १० : ०६ बजे

बन्दीगृहको आँखीझ्यालबाट विश्वेश्वरले चिहाएको ‘चतरा’

काठमाडौं – २०२१ सालताका सप्तकोशी नदी हालको उदयपुर जिल्लाको बेलका

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सहकार्य, ग्राहकलाई डिजिटल भुक्तानीमा २० प्रतिशत छुट  

काठमाडौं– एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालिबीच बैंकका

निजामती सेवा विधेयकमाथि छलफल गर्न समितिमा पठाइयो

काठमाडौं – संघीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन

साफ यू-२० महिला च्याम्पियनसिप खेलेर फर्किएको टोलीलाई स्वागत (तस्बिरहरू)

काठमाडौं– दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू–२० च्याम्पियनसिप खेलेर

शेयर बजारमा उछाल, ८१ अंकले बढ्यो नेप्से  

काठमाडौं– शेयर बजारमा उछाल गएको छ । मंगलबार नेपाल स्टक