सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी « Khabarhub

सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका हिमाली तथा पहाडी जिल्लामा सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी हुने क्रम बढेको छ । सुरक्षित रुपमा सुत्केरी गराउन स्वास्थ्य संस्थामा लिन जानेक्रममा  बाटोमै सुत्केरी हुने क्रम बढेको हो । ६ घण्टाभन्दा बढी स्टेचर, डोकोमा बोक्दा बाटोमै सुत्केरी हुने क्रम बढेको हो । सोमबार जाजरकोटको बारेकोट गाउँपालिका ३ मुलसामकी २१ वर्षीया मिना नेपालीलाई स्वास्थ्य संस्था लिम्सामा ल्याउँदै गर्दा बाटोमै सुत्केरी भएकी छिन् । करिब ६ घण्टा बाटोमा बोकेर ल्याउँदा ल्याउँदै सुत्केरी व्यथाले च्यापेपछि उनले बाटोमै सुत्केरी हुनुपरेको हो । 

बारेकोट गाउँपालिका सुरक्षित सुत्केरी गराएको भन्दै रिपोर्टमा १ नम्बर रहेको छ । महिनापिच्छे यस्ता खालका घटनाहरू भइरहेको बारेकोट गाउँपालिका–२ का पत्रकार कालीबहादुर नेपाली बताउँछन् । गाउँपालिकाको स्वास्थ्य शाखाले सुरक्षित सुत्केरी गराएको भन्दै जिल्लाकै नमुना भएको प्रमाणपत्र पाउँदै गर्दा यो तस्बिरले गिज्याएको छ । 

रुकुम पश्चिमको आठबीसकोट–११ चौरकी २२ वर्षीया पार्वती विकलाई गत साता सुत्केरी बेथाले च्यापेर आफन्त र छिमेकीले हतारहतार नगर अस्पताल आठबीसकोट ल्याएर उपचार हुन नसकेपछि अस्पतालले चौरजहारी अस्पताल लैजादै गर्दा चौरजहारी–३ दमार नजिकैको सडकमा उनी सुत्केरी भएकी थिइन्  । 

आठबीसकोट नगर अस्पतालकी स्वास्थ्यकर्मी चम्पा खड्कका अनुसार बिहान ६ बजे अस्पताल आएकी उनको १० बजेसम्म पाठेघरका चार घर खुलेको थियो, त्यसपछि क्रमशः १० वटै घर त खुले, तर बच्चा बाहिर निस्किएन, त्यसपछि चौरजहारी अस्पताल पठाएको त बाटैमा बच्चा जन्मिएको खबर पाइएको छ । सामान्य अवस्थाभन्दा लामो समय बेथा लागेपछि प्रसूति गराउन नसकिएको उनको भनाइ छ । 

जाजरकोटको भेरी नगरपालिकास्थित मटेला पुगेपछि पार्वतीलाई गाडीबाट निकाली स्ट्रेचरमा राखेर झोलुंगे पुल तारेपछि  त्यसपछि अर्को गाडी चढ्नुपर्ने थियो । तर झोलुंगे पुल तर्नेबित्तिकै पार्वती सुत्केरी भएकी थिइन् ।  उपल्लो डोल्पाका अधिकांश महिलाहरू घरमै असुरक्षित रुपमा सुत्केरी हुने गरेका छन् । पालिकाको तथ्यांक हेर्दा सुरक्षित सुत्केरी हुने महिलाहरूको संख्या नै उल्लेख नभएको पाइएको छ ।

पहुँचमा हुने व्यक्तिले हेलिकोप्टरमा उद्धार गरी सुविधा सम्पन्न ठाउँमा सुत्केरी गराउने गर्दै आएका छन् । राष्ट्रपति महिला उत्थान कोष मार्फत केही गर्भवती महिलाहरूको उद्धार भएको पाइएको छ । पहुँचमा हुने महिलाहरूले मात्र यो सुविधा लिएको आरोप लाग्दै आएको छ । भौगोलिक विकटता, प्रसूतिगृह टाढा हुनु, परिवारको लापरबाही, परिवारको आर्थिक अवस्थालगायत कारण कर्णालीका महिला बाटोमै सुत्केरी हुन बाध्य छन् । 

कर्णालीमा २३.६ प्रतिशत परिवार मात्रै आधा घण्टाभित्र स्वास्थ्य संस्था पुग्न सक्ने तथ्यांक कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयसँग छ । बाँकी जनसंख्या घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता छ । कर्णालीका १० जिल्लामध्ये हुम्ला अझै पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशभरि ३५९ वटा बर्थिङ सेन्टरहरू छन् । सबैभन्दा बढी बर्थिङ सेन्टर दैलेखमा ७२ वटा छन । निर्देशनालयका अनुसार सबैभन्दा कम बर्थिङ सेन्टर डोल्पामा १४ वटा छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १२ : ३६ बजे

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको