लागूऔषधसहित पाँच जना पक्राउ  « Khabarhub

 लागूऔषधसहित पाँच जना पक्राउ 


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मकवानपुर, बर्दिया र मोरङबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ सोल्टी चोक बस्ने २५ वर्षीय अमित तामाङलाई नियन्त्रित लागूऔषध वनरेक्स ४८ बोतल सहित सोमबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी पदमपोखरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

बर्दियाको बढैयाताल गाउँपालिका–८ सितलाबजार खल्ला खेतबाट करिब ५ सय ५० मिलिग्राम ब्राउनसुगरसहित मधुवन नगरपालिका–५ बस्ने २६ वर्षीय किरण वंशी मगर लगायत ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मोरङको जहदा गाउँपालिका–२ हरीनगराबाट करिब ३६ किलोग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने २५ वर्षीय मुकेश गुरूङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई नेपालबाट भारततर्फ उक्त लागूऔषध लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १२ : ५३ बजे

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना