बाँकेमा फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै | Khabarhub Khabarhub

बाँकेमा फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– फूल उत्पादन गरेर व्यावसायिकरुपमा राम्रो आम्दानी हुन थालेपछि बाँकेमा फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । किसानले यो वर्ष विगतको भन्दा धेरै क्षेत्रफलमा फूल रोपेका छन् । दसैँ र तिहारलाई लक्ष्य गरेर यतिबेला किसान फूल रोप्न  व्यस्त छन् ।नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरमा विगत दुई वर्षदेखि व्यावसायिकरुपमा फूल खेती गर्दै आएकी बिन्दु चर्तिमगरको परिवारलाई यतिबेला फूल रोप्न भ्याइनभ्याई छ ।

गत वर्षसम्म १० कट्ठा जमिनमा फूल खेती गर्दै आइएकामा यो वर्ष खेती विस्तार गरेर एक बिघा जमिनमा विस्तार गरिएको  उनले बताइन् । किसान चर्तिमगरका अनुसार यो वर्ष नेपालगञ्ज–२० कट्ठा, टमनिकापुरमा १० कट्ठा र खजुरा–१ सैनिकमा १० कट्ठा गरी एक बिघा क्षेत्रफलमा सात हजार सयपत्री फूलका बिरुवा लगाइएको छ । गत वर्ष बाँकेमा व्यावसायिकरुपमा एक बिघा क्षेत्रफलमा फूल खेती गरिएकामा नेपालगञ्ज उपमहानगपालिका–२० मा चर्तिमगरले १० कट्ठामा, कोहलपुर नगरपालिका–३ मा विष्णु चौधरीले पाँच कट्ठा र खजुरा गाउँपालिका–३मा अरुणा गुरुङले एक कट्ठामा सयपत्री फूलको खेती गरेका थिए ।

यो वर्ष फूलको उत्पादन बढाउन जग्गाको क्षेत्रफल पनि बढाइएको छ । यो वर्ष चौधरीले कोहलपुर–३ मा १४ कट्ठामा पाँच हजार सयपत्रीको फूल लगाएका छन् भने खजुरा–३ मा गुरुङले दुई कट्ठामा सयपत्रीको फूल  लगाएका छन् । चर्तिमगरले यो वर्ष १५ क्विन्टल र चौधरीले १० क्विन्टल फूल उत्पादन हुने अपेक्षा गरेका छन् । विशेषगरी दसैँ र तिहारलाई लक्ष्य गरेर उनीहरूले फूल उत्पादन बढाउन लागेका हुन् । बाँकेका स्थानीयवासीले घरघरमा पनि फूल उत्पादन गर्न थालेका छन् । यो वर्ष फूल उत्पादन गर्न तालिम दिइएपछि नेपालगञ्ज–२० मनिकापुरका महिलाहरुले पनि करिब पाँच कट्ठा जमिनमा सयपत्रीका फूल लगाएको पुष्प व्यवसायी चर्तिमगरले जानकारी दिइन् ।

विन्दु, विष्णु र अरुणाले व्यावसायिक रुपमा पुष्प व्यवसाय गरेपछि अहिले बाँकेका थुप्रै महिला यसतर्फ लागेका छन् । पुष्प खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएपछि जिल्लामा फूल उत्पादन पनि बढ्दै गएको छ ।  विशेषगरी  दशैँ र तिहारमा बढी फूलको माग हुने भए पनि अन्य धार्मिक कार्य तथा कार्यक्रममा पनि फूलको माग हुने गर्दछ ।

जिल्लामा प्रायः भारतबाट फूल आयात गरी यहाँका व्यापारीहरुले बिक्री गर्दै आएका थिए । जिल्लामै फूलको उत्पादन बढेमा भारतीय फूलको आयातलाई केही मात्रामा कमी गराउन सकिने पुष्प व्यवसायी चर्तिमगरको भनाइ थियो । उनले नेपालगञ्जमा फूलको पसल सञ्चालन गरेर फूल बिक्री गर्दै  आएका छन् ।

 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  २ : ०१ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता

जुम्ला– जुम्लाका दुई सय ३० जना भेडापालक किसानलाई गोठालो भत्ता

हाउथीमाथि अमेरिकाको अर्को आक्रमण : ५३ जना मारिएको दाबी

यमन – विद्रोही समूह हाउथीले यमनको होडाइडाहमा अमेरिकाले आक्रमण गरेको

कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन सुझाव

कर्णाली– कर्णाली प्रदेश अस्पताल स्तरोन्नतिका सम्बन्धमा गठित डा. भगवान कोइराला

आर्सनलसँगको हारले अप्ठेरोमा चेल्सी

काठमाडौं – इङ्लिस प्रिमियर सीपको आइतबार राति भएको खेलमा आर्सनलले