टाटा मोटर्सद्वारा जुलाई महिनाको बिक्री तथ्यांक सार्वजनिक « Khabarhub

टाटा मोटर्सद्वारा जुलाई महिनाको बिक्री तथ्यांक सार्वजनिक


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाटा मोटर्सले गत जुलाई महिनाको आफ्नो बिक्री तथ्यांक सार्वजनिक गरेको छ । विगत एक वर्षदेखि उल्लेख्यरूपमा भारतीय बजारमा बिक्री भइरहेको यस कम्पनीको बिक्री परिमाण उक्त महिना पनि उच्च रहेको थियो । यस वर्षको जुलाई महिनामा टाटा ब्राण्डका ४७,५०५ वटा गाडीहरू बिक्री भएको छ । अघिल्लो वर्षको यसै महिना ३०,१८४ वटा गाडीहरू बिक्री भएको थियो । तुलनात्मक  हिसाबले यो ५७ प्रतिशतको वृद्धि दर हो ।

नेक्सन एसयुभी टाटा मोटर्सको सबैभन्दा बढी बिक्री हुने मोडेल हो र यो सम्पूर्ण गाडी उद्योगको सबैभन्दा बढी बिक्री हुने ५ गाडीहरुमध्ये एक पनि हो । यस एसयुभीको अलावा पन्च र एल्ट्रोजको बजार बिक्री अवस्था पनि निरन्तर रुपमा उत्साहजनक बन्दै गएको छ । परिणामस्वरूप टाटाका गाडीहरूको कूल बिक्रीको वृद्धिमा प्रत्येक महिना नयाँ / नयाँ रेकर्डको कायम भइरहेको छ । गत महिना ५, ४३३ वटा टाटा टिगोरको बिक्री भएको थियो । यो मासिक बिक्री संख्या यसको सन् २०१७ को मार्च महिनामा बजारमा सार्वजनिक भएपछिको सबैभन्दा उच्च हो।

नेक्सन, टियागो र टिगोरको संरचनामा सन् २०२० को सुरुवातमा परिमार्जन भएपश्चात यी तिनै वटा गाडीहरूको बिक्री परिमाणमा ठूलो अभिवृद्धि भएको छ । गतवर्षको जुलाई महिनाको तुलनामा यस वर्ष सोही महिनामा नेक्सनको बिक्रीमा १०५ प्रतिशतले वृद्धि भएको छ । यसरी यस गाडीले टाटा ब्राण्डको कूल वृद्धिमा ६४ प्रतिशत हिस्सा ओगटेको छ।

सन् २०२१ को अन्तिमतिर बजारमा ल्याइएको पन्च माइक्रो एसयुभीको बिक्री दर पनि गत महिना सबैभन्दा उच्च रहेको छ । सुरक्षाको लागि उपाधि प्राप्त यो पाँच सिट क्षमताको गाडी अल्फा प्ल्याटफर्ममा आधारित दोश्रो मोडल हो।

गतमहिना ११, ००७ वटा पन्च बिक्री भएको थियो जसका कारण टाटा मोटर्सले भारतीय चारपाङ्ग्रे बजारको मासिक बिक्री परिमाणमा एक अर्को नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको गत महिना कूल बिक्री संख्या ४,०२२ रहेको छ ।

यो संख्या कम्पनीको आजसम्मकै विद्युतीय गाडीको क्षेत्रमा सबैभन्दा उच्च हो । आफ्नो विद्युतीय गाडीहरूको बढ्दो लोकप्रियताबाट उत्साहित हुँदै कम्पनीले ठूलो ब्याट्री प्याक र लामो दूरी तय गर्नसक्ने क्षमता भएको नेक्सन ईभीम्याक्स बजारमा ल्याएको हो।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ३ : ३१ बजे

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको