डा. आयुष्नोभा मिस युनिभर्स नेपालको टप २० मा | Khabarhub Khabarhub

डा. आयुष्नोभा मिस युनिभर्स नेपालको टप २० मा


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डा. आयुष्नोभा ढुंगाना मिस युनिभर्स नेपाल–२०२२ का लागि उत्कृष्ट २० मा परेकी छन् । आयोजक उमंग क्रिएसनले मंगलबार मिस युनिभर्स नेपालको प्रतियोगिताको अन्तिम चरणका लागि छनोट भएका प्रतिस्पर्धीहरूको नाम सार्वजनिक गरेको हो ।

काठमाडौँकी डा. आयुष्नोभासँगै नुवाकोटकी रजनी मिश्र, सिड्नीकी रिजु खड्का, काठमाडौँकी जास्मिन खड्का, काठमाडौँकी सृष्टि हाडा, अमेरिकाकी रुप्सी श्रेष्ठ, काठमाडौं सृष्टि तामाङ, उदयपुरकी मोनालिसा पराजुली, बुटबलकी रेनुका चौधरी, झापाकी दिक्षा खाती, मंगलबजारकी प्रतिभा महर्जन, क्यानाडाकी सामना कार्की, अष्ट्रेलियाकी विपना अधिकारी, वर्दियाकी मोनिका चौधरी, धुम्बाराहीकी सोफिया भुजेल, चितवनकी प्रियांशु महत, काठमाडौँकी आकृति मानन्धर, बुटबल, अनु अनमोल क्षेत्री, अष्ट्रेलिया आश्मा केसी तथा बागबजारकी सेफिना जोशी अन्तिम चरणका लागि छनोट भएका छन् ।

सूचीअनुसार २० जना प्रतिस्पर्धीमध्ये चिकित्सा क्षेत्रबाट आयोष्नोभा एक जनामात्र छनोट भएकी छिन् । मिस युनिभर्स नेपालकी नेसनल डाइरेक्टर नगमा श्रेष्ठका अनुसार क्वाटरफाइनलका लागि छनोट भएका प्रतिस्पर्धीहरुलाई तीनवटा टास्क दिइएको थियो । त्यससँगै भोटिङ राउन्ड पनि खुला गरिएको थियो । तीन वटै टास्कका लागि निर्णायक पनि थिए ।

निर्णायक र भोटिङबाट आएको मतबाट पनि उत्कृष्ट २० को छनोट गरिएको हो । उत्कृष्ट २० मा छनोट भएका प्रतिस्पर्धीहरुलाई १० दिनसम्म क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिएपछि आगामी ९ भदौमा आयोजना गरिने ग्रान्ड फिनालेमार्फत मिस युनिभर्स नेपाल २०२२ को छनोट गरिने छ । प्रतियोगिताको पहिलो चरणमा विभिन्न ३९ जना प्रतिस्पर्धी चयन भएका छन्। उनीहरू सबै अनलाइन अडिसनबाट चयन भएका हुन्।

आयुष्नोभाले गत वर्ष बंगलादेशबाट छाला रोग विषयमा एमबिबिएस गरेकी छन्। बंगलादेशबाट पढाइ सकेर नेपाल फर्किएकी डा. आयुष्नोभा अहिले नेपालमै बिरामीको सेवा गरिरहेकी छन्। छाला रोगसम्बन्धी सेवा दिइरहेकी उनी मिस युनिभर्स नेपाल २०२२ पछि केही दुर्गम ठाउँमा गएर आफ्नो सेवा दिने योजनामा छिन्। छाला झट्ट हेर्दा पहिलो नजरमै देखिने तत्त्व भएकाले यसलाई महत्त्व दिएर आफू छाला रोगको चिकित्सक बनेको उनको भनाइ छ।

यसपटक आफू सबैका लागि स्वास्थ्य भन्ने नारासहित मिस युनिभर्स नेपाल २०२२ मा भिडिरहेको उनको भनाइ छ । डाक्टरले मिस युनिभर्स नेपाल भएर मिस युनिभर्समा गई नेपाललाई चिनाउन सक्छ भन्ने उदाहरण बन्ने आफू लक्ष्य भएको उनले बताइन् ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ५ : ०८ बजे

सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

अदालतले पुनर्बहाली गरेसँगै राजुनाथ नगर प्रहरी कार्यालयमा 

काठमाडौं– आफुलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले

मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र