नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट « Khabarhub

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७६ अङ्कले ओरालो लागेर दुई हजार १९३.४८ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ओरालो लागेर ४२१.१३ मा ओर्लेको छ ।

कूल २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर रु तीन अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०६ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर मूल्यमा उकालो लागेको छ भने सात उपसमूहको शेयर मूल्य भने गिरावट भएको छ ।

व्यापार ४३.४२, जलविद्युत् २८.२९, वित्त २४.२८, उत्पादन ०.९२, लघुवित्त ४१.६६ र सामूहिक लगानी कोष ०.०३ अङ्कले उकालो लागेका छन् । यस्तै, बैंकिङ ६.२६, होटल तथा पर्यटन २८.३२, विकास बैंक २२.३५, निर्जीवन बीमा ७.६६, अन्य १७.३१, जीवन बीमा ६२.६३ र लगानी ०.४४ अङ्कले ओरालो लागे ।

मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु ३१ खर्ब ३२ अर्ब १६ करोड ५० लाख ६५ हजार ९६० बराबर रहेको छ । कारोबारका आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २९ करोड ३२ लाख २७ हजार १५६ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु नौ करोड ९५ लाख ४३ हजार ७२५, फरवार्ड माइक्रो फाइनान्स रु नौ करोड २४ लाख ७३ हजार १५३, गुडविल फाइनान्स रु नौ करोड चार लाख ३० हजार ८३६ र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर रु सात करोड ६० लाख नौ हजार बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार विन्दबासिनी हाइड्रोपावर ९.९९, समालिङ पावर कम्पनी ९.९८, हिमाल दोलखा हाइड्रोपावर ९.९७, रिभर फल्स पावर ८.५३, फरवार्ड माइक्रो फाइनान्सका लगानीकर्ताले ७.६९ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, राष्ट्र उत्थान लघुवित्त ४.२४, गुडविल फाइनान्सको ऋणपत्र ३.९५, किसान लघुवित्त ३.९०, गणपति लघुवित्त ३.६४ र सपोर्ट माइक्रो फाइनान्सका लगानीकर्ताले ३.३८ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ५ : ४३ बजे

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन