वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा एक जना पक्राउ  « Khabarhub

वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा एक जना पक्राउ 


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावाहिल बस्ने धादिङ धुनीबेंसी गाउँपालिका–९ खानीखोला नौबिसे घर भएका २७ वर्षीय विकास थापा रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

थापाले दुबईमा फुड डेलिभरीमा जागिर लगाई दिन्छु भन्दै पीडितसँग ४ लाख ४५ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ । उनले रकम लिएपछि पीडितलाई दुबई पठाई अलपत्र पारेका थिए । उक्त जाहेरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले थापालाई काठमाडौंको बसुन्धाराबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ५ : ५४ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा