माल्दिभ्सका राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता « Khabarhub

माल्दिभ्सका राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत भ्रमणमा रहेका माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले भारतीय उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।

उनले मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गरेका अधिकारीहरूले जानकारी दिएका छन् । प्रधानमन्त्री मोदीको निमन्त्रणामा माल्दिभ्सका राष्ट्रपति सोलिहको चार दिने भ्रमण सुरु भएको हो ।

मुख्य गरी धेरै क्षेत्रमा सहकार्य गर्ने गरी बनाइएको दीर्घकालीन योजनाहरूको कार्यान्वयनको अवस्था समीक्षा गर्न सोलिहले भारत भ्रमण तय गरेका जनाइएको छ ।

सोलिह नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा माल्दिभ्सका व्यावसायिक प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ । त्यसैले भ्रमणका क्रममा व्यावसायिक विषय पनि उच्च प्राथमिकतामा परेका छन् ।

“छिमेकी मुलुक माल्दिभ्सका राष्ट्रपतिको भारत भ्रमण हुनु आफैँमा सकारात्मक कुरा हो, यसलाई सदुपयोग गर्न आवश्यक छ, दुई पक्षीय हितका लागि आपसी सम्बन्ध बलियो बनाउँदै लैजानु छ,” भारतको विदेश मामिला मन्त्रालयले सामाजिक सञ्जाल ट्विटरमा लेखेको छ ।

भ्रमणका क्रममा राष्ट्रपति सोलिहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु, विदेश मन्त्री एस जयशंकरलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनले भ्रमणका क्रममा भारतका व्यवसायीहरूसँग लगानी र व्यवसायीका सहकार्यका बारेमा छलफल गर्ने भएका छन् ।  भारत भ्रमणको सिलसिलामा उनी मुम्बई पनि जाने गरी भ्रमण तालिका तय भएको अधिकारीहरूले जनाएका छन् ।

“छिमेकीलाई पहिलो प्राथमिकता” भन्ने भारतको विदेश नीति अनुसार भारतले माल्दिभ्ससँगको सहकार्य बढाउँदै लगेको विदेश मन्त्रालयले जनाएको छ । भारतले माल्दिभ्सलाई मुख्य छिमेकीको रूपमा हेर्दै आएको पनि भारतीय अधिकारीहरूको भनाइ छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ६ : २२ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा