नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र « Khabarhub

नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभक्त जनगणतान्त्रिक मोर्चाले नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सी.पी. गजुरेल नेतृत्वको टोलीले मंगलबार शीतल निवास पुगेर प्रतिनिधिसभा र राष्ट्रिय सभाले हालै पारित गरेको नागरिकता विधेयक नेपालको राष्ट्रिय हितविपरीत रहेको भन्दै खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको हो । 

लोभ–लालच, आश्वासन–प्रलोभन, प्रभाव–दबाव र पैसाको चलखेलका आधारमा गैरनेपाली नागरिकले नागरिकता पाउने गरी राष्ट्रहित विपरीत नागरिकतासम्बन्धी विधेयक सदनबाट पारित गरिएको उनीहरूको भनाई छ । राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि प्रस्तुत भएको उक्त विधेयक दक्षिण एसियाका अरु देशहरूको नागरिकता प्राप्तिका प्रबन्ध र प्रावधानसँग पनि कुनै तादाम्यता नरहेको मोर्चाले जनाएको छ । 

मोर्चाले नागरिकता विधेयकमा सर्वपक्षीय सहमति आवश्यक  रहेकोमा जोड दिएको छ । यसबारे व्यापक मात्रामा छलफल र बहस गरी सर्वपक्षीय सहमति कायम गरेर मात्र यसलाई अन्तिम रूप दिनका लागि यो विधेयक संसद्मा नै फिर्ता पठाइयोस् भन्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।  

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ७ : ४५ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा