उपसचिव नेपालको गाडीबाट थप साढे १६ लाख बरामद « Khabarhub

उपसचिव नेपालको गाडीबाट थप साढे १६ लाख बरामद


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ६ लाख रुपैयाँ घूससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

त्यसपछि गाडी खानतलासी गरेको अख्तियारले उनले प्रयोग गर्ने बा १ झ ९९४६ नम्बरको सरकारी गाडीबाट स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले उक्त रकम पनि नेपालले घूसबापत लिएको हुनसक्ने भएकाले यसबारे अनुसन्धान भइरहेको बताए ।

सेवा सञ्चालन अनुमतिका लागि एक व्यवसायीले मन्त्रालयमा दिएकोलाई अड्काएर नेपालले रकम मोलमोलाई गरेका थिए ।

त्यसपछि उनीमाथि अख्तियारको टोलीले समेत निगरानीसमेत गरेको थियो । त्यही क्रममा मंगलबार उपसचिव नेपाल सेवाग्राहीसँग नगद लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : १७ बजे

धुलिखेल खावा सडक कालोपत्र सुरु (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक कालोपत्रे गर्ने काम सुरु

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’

काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो

राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा