मोटरसाइकल चोरी गरेको आरोपमा महोत्तरीबाट तीन जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरी गरेको आरोपमा महोत्तरीबाट तीन जना पक्राउ


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा श्रृंखलावद्ध रुपमा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी भएको उजुरीको आधारमा लामो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय वर्दिवासको टोलीले उक्त समूहलाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिबासमा बस्ने एकैघरका दाजुभाइ राम एकवाल यादव र रामलक्ष्मण यादव, भंगाहा नगरपालिका घर भएका सुनिल कुमार राम रहेको प्रहरीले जनाएको छ ।

१५ साउनको राती वडा न।१४ स्थित सेन्चुरी बैंकको अगाडि पार्किङ्ग गरेर राखेको ज ७ प ४५८६ नम्बरको मोटरसाइकल चोरीभएसँगै इलाका प्रहरी कार्यालय गौरिडाँडाको टोली तिव्र खोजतलासमा लागेको थियो ।

अनुसन्धानको क्रममा बर्दिबास(७ बस्ने राम एकवालको घरबाट उक्त नम्बर प्लेटको मोटरसाइकल फेला परेपछि संगठित मोटरसाइकल चोरी गर्नेको रहस्य खुलेको हो ।

राम एकवालको घरवाट अन्य चोरी गरेका मोटरसाइकल समेत फेला परेका छन । ज १२ प ८४८६, प्र-०१-००२-प ५५२९ नम्बरको मोटरसाइकल सहित ४ मोटरसाइकल फेला परेको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

प्रहरीले अदालतवाट ८ दिनको म्याद थप गरी थप अनुसन्धानलाई अगाडि बढाएको छ । बर्दिबास लगायत जिल्लाका विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकलको बिषयमा समेत रहस्य खुल्न सक्ने प्रहरीको अनुमान रहेको छ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ९ : ०० बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन