माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा, नेपाल बाहिरियो « Khabarhub

माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा, नेपाल बाहिरियो


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ ।

भारतले खेल अवधि भर माल्दिभ्सविरुद्ध एकपक्षीय आक्रमण गरेपनि गोल गर्न सकेको थिएन । फरवार्ड गुर्किरत सिंहले ९० औं मिनेटमा गोल गर्दै जित दिलाए । उनले पेनाल्टी क्षेत्र भित्र डिफेन्सले क्लियर गर्न नसकेको बललाई शक्तिशाली प्रहार गरेका थिए ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको लिगको अन्तिम खेल भारतले जितेसँगै फाइन पुग्ने नेपालको सपना समाप्त भएको छ ।

नेपाल फाइनलमा पुग्न भारतले माल्दिभ्ससँग हार्नै पर्ने थियो । फाइनलमा भारतले बङ्गलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ९ : ५० बजे

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको

पाटनमा दाजुभाइको ज्यान लिने मुख्य अभियुक्त ‘साइको’

काठमाडौं- ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार

नेपालमा पश्चिम एसिया द्वन्द्वको बहुआयामिक प्रभाव, आपतकालीन तयारीमा ढिलो नगरोस् सरकारले

काठमाडौं– पश्चिम एसियामा देखिएको द्वन्द्वले नेपालमा ठूलो नकारात्मक असर पर्ने

लुम्बिनी प्रदेशसभा : बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने

शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल

महेन्द्रनगर– विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने