चुस्त सुरक्षा व्यवस्थाका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण « Khabarhub

चुस्त सुरक्षा व्यवस्थाका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले चुस्त सुरक्षा व्यवस्थाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले यसका लागि सुरक्षा निकायलाई पर्याप्त सवारी साधनको खाँचो रहेको उल्लेख गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरुको बैठकमा मन्त्री खाणले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सवारी साधन भाडामा लिएर भएपनि सुरक्षाको जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सवारी साधनको व्यापक परिचालन आवश्यक पर्नेमा जोड दिए ।

मुलुकभरका अधिकांश कारागार भवन जिर्ण भएका र क्षमताभन्दा बढी कैदी राखिने गरेको जानकारी गराउँदै मन्त्री खाणले निर्माणाधीन भवनको काम यथाशीघ्र सम्पन्न गर्न शहरी विकास मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिए ।

 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १० : ३६ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको