नेपालमा बढ्दैछ ‘टोमाटो फ्लू’को जोखिम « Khabarhub

नेपालमा बढ्दैछ ‘टोमाटो फ्लू’को जोखिम


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय भारतमा फैलिइरहेको ‘टोमाटो फ्लू’ को जोखिम नेपालमा पनि बढ्न सक्ने विज्ञहरूले बताउँदै आएका छन् ।

उच्च संक्रामक मानिएको ‘टोमाटो फ्लू’ खासगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकासँगको प्रत्यक्ष सम्पर्कका कारण सर्ने गर्छ । संक्रमणका कारण बालबालिकाको शरीरमा टमाटरजस्तै टल्किने रातो फोको देखिने भएकाले यसलाई ‘टोमाटो फ्लू’ नाम दिइएको हो ।

भारतमा अहिलेसम्म एक सयभन्दा धेरै जना बालबालिकामा यसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमणका कारण बालबालिकाको ज्यान जाने खतरा नरहेको भए पनि यसको विशिष्ट औषधि भने छैन  । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार टोमाटो फ्लू पहिलो पटक केरला राज्यको कोल्लम जिल्लामा गत वैशाख २४ मा देखिएको हो । संक्रमण फैलँदै गएपछि भारत सरकारले गत मंगलबार एक निर्देशिका जारी गर्दै सावधानी अपनाउन आग्रह गरिसकेको छ ।

भारतमा फ्लूको संक्रमण बढ्दै गएपछि नेपालमा पनि जोखिम बढेको भन्दै मिल्दोजुल्दो लक्षण देखिएको खण्डमा जानकारी दिई उपचार गराउन विज्ञहरूले सुझाव दिएका छन् । संक्रमणका कारण नेपालमा पर्न सक्ने प्रभावबारे अध्ययन भइरहेको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका निर्देशक डा. चुमनलाल दासले बताए । नेपालसँग भारतीय राज्य बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, उत्तराखण्ड, असम, सिक्किमल लगायतका सीमा क्षेत्रमा संक्रमणबारे सतर्क गराइने डा. दासले जनाएका छन् ।

भारतमा फैलिएको जुनसुकै संक्रमण नेपाल आउने भन्दै जनस्वास्थ्यविद् बाबुराम मरासिनीले अधिकारी निकायले जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । उनले नेपालमा पहिला देखिनै देखिने गरेको ह्याण्डमाउथ संक्रमणको उपप्रजाति हुनसक्ने पनि बताएका छन् ।

फोहोर मैलामा धेरै यो रोग संक्रमण हुने भएकाले बालबालिकाको सरसफाइमा ध्यान दिन डा. मरासिनीको सुझाव छ । बालबालिकामा देखिने रोग भनेर चिनिए पनि ३२ वर्षसम्म उमेर समूहसम्म पनि यो फ्लू देखिन सक्ने उनले बताए ।

‘हामीले तीस बत्तीस वर्षमा पनि यस्तो लक्षण मिल्ने संक्रमणको उपचार गरेका छौँ, त्यसैले त्रास फैलाउने होइन, सचेत भएर हेरचाह गर्नुपर्छ,’ उनले भने ।

बालबालिकालाई यस्तो संक्रमण भयो भने घरमा नै राखेर सिटामोल दिन उनको सल्लाह छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : ३३ बजे

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको

स्याउ र केरामा मापदण्डभन्दा बढी विषादी अवशेष, बालबालिका बढी प्रभावित

काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक

हिन्द महासागर सम्मेलनको लागि परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल मरिसस जाँदै छन् । उनी भारतका

इरानले भन्यो : अमेरिकाले युद्धविरामका सर्त उल्लंघन गर्‍यो, अब वार्ताको अर्थ छैन

तेहरान- इरानले अमेरिकामाथि युद्धविरामसम्बन्धी तीनवटा महत्वपूर्ण सर्त उल्लंघन गरेको आरोप