अबदेखि कतार प्रवेश गर्ने यात्रुले क्वारेनटाइन बस्नुनपर्ने  « Khabarhub

अबदेखि कतार प्रवेश गर्ने यात्रुले क्वारेनटाइन बस्नुनपर्ने 



दोहा – फिफा विश्वकप नजिकिएसँगै कतारले आइतबार (सेप्टेम्बर ४) देखि कतार आउने नयाँ यात्रु तथा सबै पर्यटकलाई होटेल क्वारेनटाइनको नियम हटाएको छ ।

कतारको जनस्वास्थ्य मन्त्रालयका अनुसार उडानभन्दा ४८ घण्टाभित्र पीसीआर परीक्षण गरिएको रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र वा २४ घण्टाभित्र रिपोर्ट नेगेटिभ आएको र्‍यापिड एन्टिजेन टेस्ट (आरएटी) साथमा ल्याउनु पर्नेछ ।

यसरी कतार प्रवेश गर्ने यात्रु तथा पर्यटकहरूले यहाँ आइसकेपछि कतार प्राइमरी हेल्थ केयर कर्पोरेशन हेल्थ सेन्टर वा जनस्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको निजी मेडिकल सेन्टरमा २४ घण्टाभित्र र्‍यापिड एन्टिजेन टेस्ट  (आरएटी)  गराउनु पर्नेछ ।

यदि यात्रुहरूमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको खण्डमा कतारको नियम अनुसार अलग्गै क्वारेनटाइन बस्नुपर्ने मन्त्रालयले जनाएको छ ।

दोहास्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कतारका बासिन्दाबाहेक अन्य यात्रुले कतार प्रवेश गर्नु पहिले www.ehteraz.gov.qa वेभसाइटमा अनिवार्य रुपमा Register गरी कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र अपलोड गर्नुपर्ने छ।

यसअघि कतार प्रवेश गर्ने नयाँ तथा सबै पर्यटकले २४ घण्टा होटेल क्वारेनटाइन बस्नुपर्ने नियम थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : ४६ बजे

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र