जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन « Khabarhub

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जिल्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो ।

केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालीको टोली फर्किएको छ । आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताए । धार्मिक पर्यटनका लागि चन्दननाथ मन्दिर र डुडुल चैत्य महत्वपूर्ण गन्तव्य हुन्। ती दुवै चन्दननाथ नगरपालिका भित्र पर्छन् ।

धिमीदेखि चेरैचौर हुँदै खाली जोड्न केबुलकार सञ्चालनमा ल्याउन सके मुगुको रारा जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई राहत मिल्ने नगरप्रमुख कठायत बताउँछन् । जिल्लाको व्यापार व्यवसाय र पर्यटन क्षेत्रलाई उकास्नका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न आवश्यक छ ।

काठमाडौँ महानगरपालिकासँगको साझेदारीमा धिमीचौरमा रु तीन करोडको लागतमा उद्यान निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ। दानसाँघुदेखि चिमारासम्म केबुलकार सञ्चालन गर्न करिब रु चार अर्ब खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ७ : २५ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा