‘चोलेन्द्रले सबै दोष अरुलाई थोपरेर आफ्नो बचाउ गरे’ « Khabarhub

‘चोलेन्द्रले सबै दोष अरुलाई थोपरेर आफ्नो बचाउ गरे’

‘तथ्यभन्दा भावनाका कुरा बढी भए’


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छानबिन समितिको कठघरामा उभिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूमाथि लागेकोजस्तै आरोप अरू न्यायाधीशलाई लगाएका छन्। संसदको महाअभियोग समितिले उनीसँग बुधबार र बिहीबार गरेर पाँच घण्टा बयान लिएको थियो।
बयानका क्रममा उनले प्रधानन्यायाधीश बन्ने महत्वाकांक्षाले दीपककुमार कार्की आफ्नोविरुद्ध गुटबन्दीमा लागेको, अर्का न्यायाधीश हरिकृष्ण कार्कीको पनि स्वार्थ मिलेका मुद्दामा चाख लिएर हेर्ने अन्य मुद्दा पन्छाउने प्रवृत्ति रहेको र प्रकाशमान सिंह राउतको घरमासमेत समस्या भएको टिप्पणी गरेका छन्। यस्तै रिटायर न्यायाधीश र प्रधानन्यायाधीशले विभिन्न कोणबाट न्यायपालिकालाई निर्देशित गर्न र संरक्षक बन्न र भागमा सामेल हुन खोजेको भनेर जबराले आरोप लगाएका छन्। यसै विषयमा आधारित भएर सांसद तथा महाभियोग छानबिन सिफारिस सदस्य रेखा शर्मासँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश:

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयानका क्रममा उहाँले प्रतिरक्षा गर्नेभन्दा पनि उल्टै न्यायाधीशदेखि नेतासम्मलाई संगीन आरोप लगाउनुभयो। उहाँको स्थिति र प्रस्तुति कस्तो पाइयो ?
हामीले उहाँसँग महाभियोगका आरोपहरूको प्रश्न गरेका थियौँ र उहाँको उत्तरहरू आयो। सबै दोष उहाँले अरूलाई थुपारेर बोल्नुभएको छ। तथ्यभन्दा पनि भावनाका कुराहरू भए।

माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध बालुवाटार जग्गा प्रकरणमा मुद्दा चलाउने कि नचलाउने भनेर विषयमा अदालतले फैसला सुनाउने तयारी गर्दा अदालतले चलाउनुपर्दछ भन्ने सङ्केत पाएपछि म विरुद्ध महाअभियोग लगाइयो भन्ने उहाँको आरोप रहेछ नि त ?
जुन १४ जना संसद्को विषयमा सचिवालय, महासचिवालयले प्रश्न पठाएर निर्वाचन आयोगले त्यो निर्णय गर्न लाग्दा र हामी निर्णयमा जान लाग्दा यस्तो भयो भन्नुभयो। उहाँले हिजो मेरो विरुद्धमा सबै लागे भन्ने सङ्केत गर्नुभयो। सम्पूर्ण राजनीतिक दलहरू, बारप्रति पनि उहाँले दोष लगाउनुभयो र अलि बढी राजनीतिक दलहरूप्रति उहाँको असन्तुष्टि थियो। उहाँले आरोप लगाउनु एउटा कुरा हो । अहिले हामीले माधवकुमार नेपाल र बाबुराम भट्टराईको विषय के हो, त्यता हामीले हेर्न मिल्दैन। अहिले महाअभियोगका विषयमा मात्र हेर्ने हो।

उहाँले मविरुद्ध वकिल, बारका पदाधिकारी पूर्व प्रधानन्यायाधीशले भाग खोज्ने सर्वोच्च अदालतमा अहिले पनि आफूले निर्देशन गर्न खोज्ने उनीहरूले भनेको कुरा नमान्दा मविरुद्ध आन्दोलन गरियो भन्नुभयो, यो विषय पनि समितिको छानबिनभित्र पर्नुपर्ने होला नि ?
पर्छ। किनभने हाम्रो मुख्य त न्यायालय र पूर्वप्रधानन्यायाधीश भएको हुनाले न्याय क्षेत्रका विषयमा उहाँले उठाएका विषयमा आकर्षक हुन्छन्। हामी त्यो विषयमा पनि छलफल गर्छौँ। अहिले हामी बयानका क्रममा छौँ। उहाँले भनेको कुरा कति सही हो। उहाँले भनेका कुरामा मात्र निर्णय गर्नुभएन। उहाँले संसद् पुनर्स्थापित गर्नुभयो भनेर महाअभियोग लागेको हैन। महाअभियोगको २१ बुँदामा त्यो विषय उल्लेख छैन। महाअभियोगको २१ बुँदामा त्यतिबेला सर्वोच्च अदालतले केही काम गर्न नसक्ने स्थिति बनेको, विकृति तथा विसङ्गतिका कुराहरू धेरै नै बाहिर आएका थिए। सारमा न्यायालय दूषित भयो त्यहाँको मूल नेतृत्वले समाल्न सकेन भन्ने मात्र बाहिर आएको छ। जे जे भयो अरूको कारणले नै भयो भन्ने उहाँको जवाफ रहयो।

यो चुनावको मनोनयन दर्ता अगाडि यो महाअभियोगको टुङ्गो लाग्छ त ?
अहिले हामीलाई समय भएन। हामीले धेरै समय पाएनौँ र यसलाई हामीले सकेसम्म छिटो गर्छौँ।

उहाँलाई सोध्ने क्रममा तपाईँका फैसलाहरू विवादित छन् भन्दा उहाँको जवाफ के थियो ?
समय परिस्थितिमा यस्तो हुँदो रहेछ। यस्तै कुरा भन्नुभएको छ। हामी महत्त्वपूर्ण प्रश्नहरूमा पुगेका छैनौँ। हामीले महाअभियोगको २१ बुँदामा रहेर प्रश्न गरेका छौँ। प्रश्न बनाएका र बाहिर समितिले सार्वजनिक अपिल गरेपछि धेरै तथ्यहरू हामीसँग आएका छन्। बाहिर उठेका प्रश्नहरु र रञ्जन कोइराला लगायतका विषयहरु समेटिएका छन्।

जबराको जवाफ हेर्दा दलहरूको न्यायालयमा निकै ठूलो खेल चल्दो रहेछ जस्तो भान पार्‍यो नि त ?
सबैभित्र पनि महाअभियोग लागेको र अरू घटना केही पनि नभएको भए यस्तो हुन्थ्यो। तर, महाअभियोग लाग्नुभन्दा पहिले अदालत जुन हालतमा थियो, त्यो उहाँको जवाफलाई हामीले बाहिर ल्याएका छौँ। यदि दलहरूले नराम्रो नै गरेका हुन् भने त त्यसलाई जोगाउनका लागि उहाँले के गर्नुभयो त ? न्यायालयलाई साँच्चै राम्रो र गरिमा बढाउनका निम्ति उहाँका कामहरू के के भए ? उहाँले गरेका प्रयत्नहरूमा कसले असफल गरायो त भन्ने प्रश्न पनि हुन्छ। – प्रस्तुति: पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ९ : ५५ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच