कांग्रेस महोत्तरी : सबै क्षेत्रमा आज उम्मेदवार सिफारिस गरिने | Khabarhub Khabarhub

कांग्रेस महोत्तरी : सबै क्षेत्रमा आज उम्मेदवार सिफारिस गरिने


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेपाली कांग्रेस महोत्तरीका सबै क्षेत्रमा आजै उम्मेदवार सिफारिस गरिने भएको छ । शुक्रबार बेलुका ५ बजेसम्म जिल्लाका चारैवटा क्षेत्रबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार बन्न चाहनेको सिफारिस गरिने कांग्रेस महोत्तरीको तयारी छ ।

कतिपय क्षेत्रमा बिहीबार बेलुका बसेको बैठकले उम्मेदवार तय गरे पनि निष्कर्षमा पुग्न नसकिएको जिल्ला सभापति नागेश्वर यादवले जानकारी दिए । ‘सबै विवाद सावधान भएपछि क्षेत्रबाट बेलुकासम्म उम्मेदवारको सिफारिस आइसक्छ,’ यादवले भने ।

उनका अनुसार उम्मेदवार छनोटमा स्थानीय तह जस्तो सकस नबनेको र सहज ढंगले सकेसम्म सर्वसम्मतिमै हुनेछ । तर क्षेत्र नम्बर १ (क) मा भने कांग्रेसका नै बागी उम्मेदवारले जितेपछि चुनावी समीकरण फेरिएको छ ।

कांग्रेसबाटै बागी उम्मेदवार दिएका प्रल्हाद क्षेत्रीले बर्दिबास नगर प्रमुख जितेपछि जिल्लामा समीकरण नै परिवर्तन भएको हो । पार्टीले गरेको कारबाही फुकुवा गर्न नसक्दा क्षेत्रीसहित एक दर्जन नेताहरू चुनावमा उठ्नबाट प्रतिबन्धमा परेका छन् ।

आजै निर्वाचन क्षेत्र १ को पनि उम्मेदवार टुंग्याउन बैठक बसिरहेको छ । क्षेत्री पक्षले पनि आफ्नै गुट बनाएको स्रोतले बताएको छ । समर्थन गर्ने नेता नभए प्रल्हाद क्षेत्री पक्षले प्रदेशमा पनि आफ्नो उम्मेदवार उठाउने तयारी गरिरहेको एक नेताले जानकारी दिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ बाट कल्याण गुरुङ सिफारिस भएका छन्।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १२ : २० बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड