कांग्रेस महोत्तरी : सबै क्षेत्रमा आज उम्मेदवार सिफारिस गरिने « Khabarhub

कांग्रेस महोत्तरी : सबै क्षेत्रमा आज उम्मेदवार सिफारिस गरिने


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेपाली कांग्रेस महोत्तरीका सबै क्षेत्रमा आजै उम्मेदवार सिफारिस गरिने भएको छ । शुक्रबार बेलुका ५ बजेसम्म जिल्लाका चारैवटा क्षेत्रबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार बन्न चाहनेको सिफारिस गरिने कांग्रेस महोत्तरीको तयारी छ ।

कतिपय क्षेत्रमा बिहीबार बेलुका बसेको बैठकले उम्मेदवार तय गरे पनि निष्कर्षमा पुग्न नसकिएको जिल्ला सभापति नागेश्वर यादवले जानकारी दिए । ‘सबै विवाद सावधान भएपछि क्षेत्रबाट बेलुकासम्म उम्मेदवारको सिफारिस आइसक्छ,’ यादवले भने ।

उनका अनुसार उम्मेदवार छनोटमा स्थानीय तह जस्तो सकस नबनेको र सहज ढंगले सकेसम्म सर्वसम्मतिमै हुनेछ । तर क्षेत्र नम्बर १ (क) मा भने कांग्रेसका नै बागी उम्मेदवारले जितेपछि चुनावी समीकरण फेरिएको छ ।

कांग्रेसबाटै बागी उम्मेदवार दिएका प्रल्हाद क्षेत्रीले बर्दिबास नगर प्रमुख जितेपछि जिल्लामा समीकरण नै परिवर्तन भएको हो । पार्टीले गरेको कारबाही फुकुवा गर्न नसक्दा क्षेत्रीसहित एक दर्जन नेताहरू चुनावमा उठ्नबाट प्रतिबन्धमा परेका छन् ।

आजै निर्वाचन क्षेत्र १ को पनि उम्मेदवार टुंग्याउन बैठक बसिरहेको छ । क्षेत्री पक्षले पनि आफ्नै गुट बनाएको स्रोतले बताएको छ । समर्थन गर्ने नेता नभए प्रल्हाद क्षेत्री पक्षले प्रदेशमा पनि आफ्नो उम्मेदवार उठाउने तयारी गरिरहेको एक नेताले जानकारी दिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ बाट कल्याण गुरुङ सिफारिस भएका छन्।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १२ : २० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर