दिउसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो १ बजेसम्मका मुख्य १० समाचार


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. सिट बाँडफाँड अन्तिम टुङ्गोमा पुगिसकेको छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलको सिट बाँडफाँड अन्तिम टुङ्गोमा पुग्न लागेको बताएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेश समितिले गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा अध्यक्ष दाहालले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा गठबन्धनमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँडको सहमति नजिक पुगिएको बताएका हुन् । गठबन्धन दलभित्र कुनै असहमति नभएको उल्लेख गर्दै उनले यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल हुने बताए । तर नेकपा एमालेसँग तालमेलको कुनै सम्भावना नभएको पनि अध्यक्ष दाहालले स्पष्ट पारे ।

२.  कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ बाट ६ जना सिफारिस

काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागि नेपाली कांग्रेस क्षेत्रीय समितिले ६ जनाको नाम सिफारिस गरेको छ । दुई केन्द्रीय सदस्य सहित छ जनाको नाम क्षेत्रीय समितिले सिफारिस गरेको हो । केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जित र नानु बास्तोला, क्षेत्रीय सभापति जयकृष्ण महर्जन, महाधिवेशन प्रतिनिधिहरू धर्मराज गौतम, तीर्थराम डंगोल र गौरीप्रसाद दवाडीको नाम सिफारिस गरिएको छ ।

३. भदौ २१ गतेभित्र उम्मेदवार सिफारिस गर्न राप्रपा नेपालको निर्देशन

राप्रपा नेपालले आसन्न निर्वाचनको लागि भदौ २१ गते भित्र संघ, प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरी केन्द्रमा पठाउन जिल्ला समितिहरूलाई निर्देशन दिएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो । यसै गरि बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनलाई दृष्टिगत गरी निर्वाचन पूर्व तयारीका सन्दर्भमा समेत विभिन्न निर्णयहरू गरेको छ ।  

४. यूएई संसद्का उपाध्यक्ष यामाही नेपाल भ्रमणका लागि काठमाडौंमा

संयुक्त अरब इमिरेट्स (यूएई) संसद्का उपाध्यक्ष मोहम्मद अहमद अल यामाही दुईदिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आएका छन् । मुस्लिम आयोगको निमन्त्राणामा आएका यामाहीलाई आज बिहान नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदन मोहम्मद अल नक्बी, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र आयोगका सदस्यहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । यामाहीले दुईदिने नेपाल बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतसँग भेट् गर्ने कार्यक्रम रहेको छ ।

५. नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो, दार्चुला र पाल्पाका सडक अवरुद्ध 

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड खुलेको  छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ को अठार किलो र केराबारीमा आज बिहान पहिरो खस्दा सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो । जेसीवीको प्रयोग गरि पहिरो हटाइएसँगै सडक सुचारु भएको  इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । त्यस्तै, अविरल वर्षापछि खसेको पहिरोका कारण दार्चुला र पाल्पाका सडक अवरुद्ध भएका छन् ।

६. झापामा क्यान्सर रोगको अवस्था पत्ता लगाउन ‘पेट सिटी स्क्यान’ सेवा सुरु 

झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवाको सुरुआत गरिएको छ । यो सेवा थालनी भएसँगै  क्यान्सरका बिरामी उपचारका लागि विदेश जानुपर्ने अवस्थामा कमी आउने जनाइएको छ । दुई वर्षअघि अस्पातालले ‘पेट सिटी स्क्यान’ उपकरण ल्याए पनि सरकारले  रेडियोधर्मीसम्बन्धी ऐन, नियम नबनाएका कारण सञ्चालन आउन सकेको थिएन ।

७. पाकिस्तानमा रेल दुर्घटनामा परी १९ जनाको मृत्यु 

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा परेर गएको २४ घन्टामा १९ जनाको  मृत्यु भएको छ  । केही दिनयतादेखि भारी मात्रामा वर्षा र  कैयौँ स्थानमा पहिरो  जादाँ सडकमा क्षति पुगेको छ । जसबाट रेलका लिगहरू पनि बिग्रिएका छन् ।  जसका कारण रेलको दुर्घटनामा परी गएको २४ घन्टा यतामात्र १९ जनाका मृत्यु भएको त्यहाँको विपद् व्यवस्थापन प्राधिकरणले  जनाएको हो  । प्राधिकरणले च्यहाँको रेल सेवा पनि मौसमी वर्षाका कारण प्रभावित हुन पुगेको बताएको छ ।  

८. ट्रम्पको विचारधाराले अमेरिकी लोकतन्त्रलाई खतरामा पर्योः बाइडेन

अमेरिकाका राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको विचारधाराले अमेरिकी लोकतन्त्रलाई खतरामा पारेको बताएका  छन् । पेन्सिलभानियामा आयोजित एक कार्यक्रममा बोल्दै  राष्ट्रपति  बाइडेनले  ट्रम्पको विचारधाराले   देशको प्रजातन्त्रलाई खतरामा पारेको आरोप लगाएका हुन् । ट्रम्पको नेतृत्वको समूह अमेरिकालाई पछाडि धकेल्न र अमेरिकी प्रजातन्त्रलाई खतरामा पार्न प्रतिवद्ध रहेको बाइडेनले तर्क गरे ।

९. स्पेनिस टेनिस स्टार नाडाल युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश 

स्पेनिस टेनिस स्टार राफायल नाडालले युएस ओपन टेनिसको तेस्रो चरणमा स्थान बनाएका छन् । न्युयोर्कमा  आज भएको दोस्रो चरणमा इटालीका फाबियो फोगिनीलाई हराउँदै नाडालले तेस्रो चरणको यात्रा तय गरेका हुन् । विश्व वरीयताको दोस्रो स्थानमा रहेका नाडालले फोगिनीमाथि २-६,६-४,६-२६-१ को सेटमा जित निकाले । पहिलो सेट गुमाएपनि नाडालले उत्कृष्ट पुनरागमन गरेका थिए  ।

१०. नेपालले  केन्याविरुद्ध सुरुआतमा बलिङ गर्दै

पहिलो एकदिवसीय खेलमा नेपालले  केन्याविरुद्ध सुरुआतमा बलिङ गर्ने भएको छ । केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको  हो । केन्याविरुद्ध मैदान उत्रँदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एकदिवसीय सिरिज समेत आफ्नो बनाउन चाहन्छ ।

 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १ : १६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका