चुनावमा धाँधली गरेको भन्दै आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय « Khabarhub

चुनावमा धाँधली गरेको भन्दै आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा शुक्रबार तीन वर्षको जेल सजाय सुनाएको छ ।

यस निर्वाचनमा सुकीको पार्टी अत्याघिक बहुमतका साथ विजय भएको थियो । सुकीलाई तीन वर्ष कडा परिश्रमसहितको जेल सजाय सजाय सुनाइएकोे स्रोतले जनाएको छ । ७७ वर्षीया नोबेल पुरस्कार विजेता सुकीको स्वास्थ्य अवस्था हालसम्म राम्रै रहेको बताइएको छ ।

भ्रष्टाचार र अन्य आरोपमा अदालतले दोषी ठहर गरेपछि गत वर्षदेखि हिरासतमा रहेकी सुकीलाई पहिले नै १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा पत्रकारहरूलाई प्रवेशमा रोक लगाइएको छ । सुकीका वकिलहरुलाई प्रेससँग वार्ता गर्न पनि रोकिएको छ ।

सेनाले नोभेम्बर २०२० को चुनावमा व्यापक जालसाजी भएको आरोप लगाएको थियो । यस चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले ठूलो जित हासिल गरेको थियो । यद्यपि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले मतदान धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष भएको बताएका थिए ।

यद्यपी सेनाले त्यस चुनावको नतिजा रद्द गरेको थियो । सो चुनावमा ११ लाख भन्दा बढी जालसाजीका घटनाहरू पत्ता लगाएको पनि सेनाको एकपक्षीय दाबी रहेको थियो ।

गत वर्ष सेनाले सत्ता कब्जा गरेपछि म्यानमार सङ्कटमा फसेको छ । देशको ठूलो हिस्सामा लडाइँ जारी छ भने अर्थतन्त्र खुम्चिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ७ : ०८ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल