चुनावमा धाँधली गरेको भन्दै आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय « Khabarhub

चुनावमा धाँधली गरेको भन्दै आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा शुक्रबार तीन वर्षको जेल सजाय सुनाएको छ ।

यस निर्वाचनमा सुकीको पार्टी अत्याघिक बहुमतका साथ विजय भएको थियो । सुकीलाई तीन वर्ष कडा परिश्रमसहितको जेल सजाय सजाय सुनाइएकोे स्रोतले जनाएको छ । ७७ वर्षीया नोबेल पुरस्कार विजेता सुकीको स्वास्थ्य अवस्था हालसम्म राम्रै रहेको बताइएको छ ।

भ्रष्टाचार र अन्य आरोपमा अदालतले दोषी ठहर गरेपछि गत वर्षदेखि हिरासतमा रहेकी सुकीलाई पहिले नै १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा पत्रकारहरूलाई प्रवेशमा रोक लगाइएको छ । सुकीका वकिलहरुलाई प्रेससँग वार्ता गर्न पनि रोकिएको छ ।

सेनाले नोभेम्बर २०२० को चुनावमा व्यापक जालसाजी भएको आरोप लगाएको थियो । यस चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले ठूलो जित हासिल गरेको थियो । यद्यपि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले मतदान धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष भएको बताएका थिए ।

यद्यपी सेनाले त्यस चुनावको नतिजा रद्द गरेको थियो । सो चुनावमा ११ लाख भन्दा बढी जालसाजीका घटनाहरू पत्ता लगाएको पनि सेनाको एकपक्षीय दाबी रहेको थियो ।

गत वर्ष सेनाले सत्ता कब्जा गरेपछि म्यानमार सङ्कटमा फसेको छ । देशको ठूलो हिस्सामा लडाइँ जारी छ भने अर्थतन्त्र खुम्चिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ७ : ०८ बजे

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै