राष्ट्रियसभाअन्तर्गतका समितिका सभापतिको निर्वाचन २३ गते हुने  « Khabarhub

राष्ट्रियसभाअन्तर्गतका समितिका सभापतिको निर्वाचन २३ गते हुने 


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका विषयगत समितिको रिक्त सभापतिको निर्वाचन यही भदौ २३ गते हुने भएको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० बमोजिम विषयगत समितिको सभापतिको निर्वाचनको मिति तोकेका हुन् ।

उनले समिति सभापतिको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललाई निर्देशन दिए । त्यसअघि अध्यक्ष तिमिल्सिनाले सांसद अनिता देवकोटालाई राष्ट्रिय सरोकार समितिबाट विधायन व्यवस्थापन समितिमा तथा सांसद प्रकाश पन्थलाई विधायन व्यवस्थापन समितिबाट दिगो विकास तथा सुशासन समितिमा राखिएको जानकारी गराएका थिए । 

समिति हेरफेरसम्बन्धी अध्यक्ष तिमिल्सिनाको प्रस्तावलाई सभाले सहमति जनाएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ २१ गते मंगलबार अपराह्न १२ः५९ बजे बस्नेछ । 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ७ : ४३ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले