पाकिस्तानको फराकिलो जित, हङकङ ३८ रनमा अल आउट « Khabarhub

पाकिस्तानको फराकिलो जित, हङकङ ३८ रनमा अल आउट


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तान युएईमा जारी एसिया कप क्रिकेटको शीर्ष चारमा प्रवेश गरेको छ । सारजाह क्रिकेट मैदानमा शुक्रबार हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान शीर्ष चारमा पुगेको हो ।

जितको लागि १ सय ९४ रनको विशाल विजयी लक्ष्य पछ्याएको हङकङ १०।४ ओभरमा ३८ रनमा अल आउट भयो । हङकङका कप्तान निजाकत खानले १३ बलमा १ चौकासहित सर्वाधिक ८ रन बनाए । किन्चित शाहले १० बलमा १ चौकासहित ६ रन बनाए ।

पाकिस्तानका लागि स्पिनर शादब खानले ४ विकेट लिए । मोहम्मद नवाज ३ तथा नसिम शाहले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभर २ विकेट गुएर १ सय ९३ रन बनाएको थियो ।पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५७ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ७८ रनमा अविजित रहे । खुशदील शाह १५ बलमा ५ छक्कासहित ३५ रनमा अविजित रहे ।

हङकङका एहसान खानले २ विकेट लिए । योसँगै टि२० एसिया कप २०२२ को सुपर फोरमा पुग्ने चार टोलीको निर्धारण लागेको छ ।
समूह ए बाट भारत दुबै खेलमा जितका साथ शीर्ष चारमा स्थान बनाएको छ । पाकिस्तान दोस्रो स्थानमा रहँदै शीर्ष चारमा पुगेको हो । समूह बी बाट अफगानिस्तान र श्रीलंका शीर्ष चारमा स्थान बनाएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १० : ५९ बजे

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको