‘काठमाडौँबाट आवतजावत बढेपछि डेंगु झन् फैलिन्छ’ « Khabarhub

‘काठमाडौँबाट आवतजावत बढेपछि डेंगु झन् फैलिन्छ’

‘डेंगु महामारी नियन्त्रण गर्न स्थानीय सरकार चुक्यो’


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय देशभर डेंगु संक्रमितको संख्या बढिरहेको छ । यो रोग बढेसँगै देशभरका अस्पतालमा बिरामीको संख्या बढेको छ । नेपालमा यो अझै तीन महिना बढ्न सक्ने अनुमान गरिएको छ । जलवायु परिवर्तनका कारण डेंगु तराईबाट पहाड हुँदै हिमाली भेगसम्म पुगेको छ। यसै विषयमा आधारित भएर बिएण्डसी अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. लक्ष्मण ठाकुरसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

यो डेंगु संक्रमणको अवस्थालाई हामीले कसरी लिन सक्छौँ ?
सयौं को सङ्ख्यामा दैनिक बिरामी थपिएका छन् । साधारण ज्वरो आएर आएका बिरामीमा पनि जाँच गर्दा डेंगु देखिएको छ । पहिला तराईका धेरै गर्मी हुने ठाँउमा लामखुट्टेबाट सर्ने यो समस्या धेरै थियो । तर, अहिले उपत्यकासहित पहाडी भेगमा पनि बिरामी धेरै देखिएका छन्। यसले जटिल अवस्था ल्याउँने देखिन्छ । सामान्य अवस्थामा मानिसहरूलाई धेरै असर नभए पनि डेंगुका केही बिरामीमा अति नै समस्या देखिने भएकाले भएकोले सचेत हुनु आवश्यक छ । डेंगुका छुट्टै उपचार पनि नभएकोले अवस्था बढ्दै जाँदा भयावह नै हुन्छ कि भन्ने चिन्ता छ । अब असोज लागेसँगै चिसो बढ्यो भने कम हुन्छ कि भन्ने अपेक्षा भने गर्न सकिन्छ ।

डेंगुले कस्तो व्यक्तिमा धेरै जोखिम वा गाह्रो बनाउने हो ?
डेंगुको ज्वरो तीन भागबाट गुज्रिन्छ । एउटा सुरुमा ज्वरो आउने जुन ३ देखि ७ दिनसम्म कसैलाई पनि ज्वरो आउने र सँगसँगै जिउ टाउको आँखाको गेडीहरू दुख्ने, रातो रातो बिमिरा दाग आउने हुन्छ । यो सामान्य अवस्थामा पनि हुन्छ । यसपछि चाहिँ कोही बिरामीहरू फिभर फेसबाट क्रिटिकल फेजमा पुग्छन् । त्यस्तो बिरामीलाई हामीले कहिले काहीँ यो डेंगुसँग सम्बन्धित समस्या आई पर्ने हुन्छ र हामीले पहिला नै पहिचानको लागि (डेंगी विथ वार्निङ साइन र डेंगी उइथ आउट वार्निङ साइन) भनेर भाग गर्ने गरिन्छ । वार्निङ साइनमा हामीले पेट दुख्ने वान्ता भइराख्ने, शरीर सुनिएर श्वास प्रश्वासमा समस्या आउने, कसैलाई टाउको धेरै दुखेर होस हराउने समस्या समेत आउने हुन्छ । ल्याबबाट हामीले हेर्दा डेंगुको ४ देखि ५ दिन पछाडिबाट कहिलेकाही प्लेटलेको सङ्ख्या घट्ने हुन्छ । त्यो सँगै रगत बाक्लो हुने हुन्छ । यस्तो बिरामीलाई हामीले अस्पतालमा नै भर्ना गरेर उपचार गर्नु पर्ने हुन्छ । सामान्य लक्षण मात्र भएका बिरामीहरूले औषधि लगेर घरमा नै बस्दा पनि हुन्छ । प्लाज्मा लिकेज त्यसमा हाम्रो रगत बग्ने साना साना नसाबाट प्लाज्मा लिकेज भएर शरीरको विभिन्न भाग सुनिने, शरीरमा बाहिर पट्टि पानी भरिने समस्या आउँछन् । र, सँगसँगै प्रेसर घटेर जाने हुन्छ । यो डेंगु जोखिम पूर्ण हुन्छ ।

काठमाडौंका जुनसुकै अस्पतालमा ९० प्रतिशत भन्दा माथि डेंगुसंक्रमण भएर जाने र भर्ना हुने अवस्था छ । तपाईं कार्यरत अस्पताल वा विर्तामोडमा कस्तो अवस्थामा बिरामी आउनु भएको छ ?
डेंगु संक्रमण विर्तामोडमा पनि देखिएको छ । त्यो चाहिँ विर्तामोडको नै स्थानीयलाई भन्दा पनि काठमाडौं र पहाडका केही जिल्लाहरूबाट आएका मानिसहरूमा देखिको छ । धेरै भयावह भएको छैन । तर, वाडमा हाम्रो अहिलेको फिवरको केस र डेंगुको केसमा १५ देखि २० प्रतिशत भर्ना भएको बिरामी हुनुहुन्छ ।

हामीले कति अवस्था र कस्तो लक्षणसम्म घरमा नै बस्ने र कुन संक्रमण भयो भने हामी अस्पताल जाने ?
ज्वरो आउने बित्तिकै हामीले डेंगु संक्रमण पुष्टि हुने नहुने जाँच गर्नु पर्दछ । डेंगु संक्रमण अरु ज्वरो भन्दा फरक हुन्छ किनभने ज्वरो निको भएपछि पनि डेंगु संक्रमण क्रिटिकल फेजमा जान सक्छ । डेंगु संक्रमण पुष्टि भएपछि नियमित ज्वरो निको भए पनि केही दिनसम्म जाँच गर्नु पर्दछ । त्यसमा रगत बढेर बाक्ले हुने हुन्छ । त्यसमा वार्निङ साइन हुन्छ, पेटहरू दुख्ने, शरीरको कुनै भागबाट रगत बग्यो भने अस्पताल जानु पर्दछ ।

कतिपयले यो दसैंपछि झनै बढ्न सक्छ भनेर भन्नु भएको छ । तपाईं एउटा विशेषज्ञ भएको नाताले के भन्नुहुन्छ ?
डेंगु संक्रमणको पछिल्लो समय फैलिनेको संख्या धेरै छ । किनभने काठमाडौंबाट धेरै मानिसहरू आवत जावत हुँदा फैलिन सक्छ ।

संक्रमण बढ्न नदिन सरकारी पक्ष कहाँ चुक्यो जस्तो लाग्छ ?
लामखुट्टेको टोकाइबाट सर्ने जुनसुकै रोगसँग हामी सचेत हुनुपर्छ । हामीले व्यक्तिगत रूपमा पनि लार्भा मार्ने स्प्रेहरू हाल्ने गर्नुपर्छ । त्यहाँ सरकार स्थानीय सरकार पनि चुकेको नै देखिन्छ ।

डेंगु संक्रमण भएपछि कस्तो खाना खाने ?
खानामा धेरै रोक्नु पर्ने छैन । तर, पाचन शक्तिमा सहज हुने खाना खाने कब्जियत नहुने खाना नखाने, नरम खाना खाँदा हुन्छ ।

एक पटक डेंगु संक्रमण भएर निको भयो भने पछि हुन्छ कि हुँदैन ?
डेंगुको ४ वटा सिरोटाईप हुन्छ । पहिला नै भएको संक्रमण सिरोटाईप छ भने त्यसले नै पछि पनि संक्रमण गराउने सम्भावना हुँदैन ।अरु कुनै पनि सिरोटाईपले हुनसक्ने सम्भावना हुन्छ।

आफूलाई कुन खालको डेंगु लागेको छ भनेर कसरी थाहा पाउने ?
हाम्रो जाँचमा यो आउँदैन । डेंगु संक्रमण महामारी विज्ञान शाखाहरूले यो सिरोटाइपले भएको यो सहरमा भनेर पत्ता लगाएको हुन्छ । जुन हरेक बिरामीलाई यो सिरोटाइपले भएको भनेर थाहा हुँदैन ।

अहिले जुन तरिकाले डेंगु संक्रमण फैलिएको छ, यसलाई तपाईं हामी के गरेर रोक्न सक्छौँ ?
अहिले हामी सकेसम्म लामखुट्टेको टोकाइबाट बच्ने र लार्भाहरू मार्ने गर्नु पर्दछ । सकेसम्म पहिला पत्ता लगाउने र उपचार तिर लाग्नु पर्दछ ।

डेंगुबाट जोगिन के के गर्न सकिन्छ त ?
सबैभन्दा पहिला ज्वरो आउँदा के हो भनेर पुष्टि गर्नुपर्छ । ज्वरो आएपछि प्यारासिटामोल भन्दा बाहेक अरु औषधि लिनु हुँदैन । प्यारासिटामोल दिनमा ४ देखि ६ वटासम्म लिन सकिन्छ ।प्रशस्त पानी खाने नरम खाना खाने गर्नुपर्छ । धेरै मानिसहरूले आफूलाई थाहा भएको औषधिहरू खाने गर्नु भएको छ । त्यसले ग्याष्टिकहरु बढाउने प्रेसरहरू बढाउने सम्भावना धेरै हुन्छ । चिकित्सकको सल्लाह नलिइकन औषधि नखान अनुरोध गर्छु ।

प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ७ : २८ बजे

निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह

रसुवा – स्थायी लेखा नम्बर लिएका करदातालाई निर्धारित समयसीमाभित्रै कर

आलुको बजारीकरण जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’

पाल्पा – रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने

तुलसीपुरमा तरकारी बजार सञ्चालनमा

दाङ – दाङको तुलसीपुर तरकारीको बजार केन्द्र बन्ने गरेको छ।

कोभिडविरुद्ध चीनमा प्रदर्शनकारीको जित

चीनमा सरकारको कोभिड योजना नयाँ चरणमा प्रवेश गरेको छ। त्यहाँको

‘कसैले पनि यी नेताबाट आश नगर्दा पनि हुन्छ’

काठमाडौँ -अहिलेको निर्वाचनको नतिजा आएपछि कसको नेतृत्वमा सरकार बनाउने भनेर