नेपालको ‘फाइनान्स सिस्टम कोल्याप्स’ हुने डर छ « Khabarhub

नेपालको ‘फाइनान्स सिस्टम कोल्याप्स’ हुने डर छ

‘अब राजनीतिभन्दा बढी अर्थतन्त्रको आवश्यकता छ’



काठमाडौँ- जुन किसिमबाट हामीले ऋण लिएका छौँ । त्यो ऋणको सदुपयोग पनि गर्न सकेका छैनौँ । त्यो किसिमले तिर्न सकेका छैनौँ । यसको भार भविष्यको लागि बढिरहेको छ ।

आजको अर्थतन्त्रको अवस्था धेरै नै चिन्ताको विषय छ । सरकारले आफ्नो तवरबाट यो मेन्टेन गर्न सक्ला जस्तो मलाई लाग्दैन ।किनभने हाम्रो खुला सिमाना भएकोले अर्को एउटा अनौपचारिक हिसाबबाट समान आयात हुन्छ ।

त्यसैले त्यो नीतिको प्रयोग हुँदैन । सरकार माथि भर राख्नु भन्दा पनि हामीले सरकारलाई कुनै फजुल खर्च नहोस्, सरकार तिमी ‘पोलीसी करप्सन’ नगर भनेर कुनै पनि सरकारलाई नङ्ग्याउने हुन्छ भनेर भन्नु पर्‍यो ।

अब राजनीतिलाई भन्दा अर्थतन्त्र बढी आवश्यकता छ । नागरिक क्षेत्रबाट अब नागरिकहरू आफै सचेत भएर यो सच्याउन सक्छौँ । हामीले स्वदेशी सामानलाई नै उपयोग गरेर र बाहिरी सामानलाई बहिस्कार गर्दा मात्र यो व्यापार घाटा हुने र विदेशी विनिमयको टाट हुने समस्याबाट मुक्त हुन्छौँ ।

हामीले नेपाली वस्तुमा विश्वास नै गर्दैनौँ । हाम्रो वस्तु बाहिरको भन्दा राम्रो छ, भन्ने आधार नै छैन । जसले दोस्रो बाटो रोजेर भन्सार नतिरी सामान ल्याउँछ, उसको मूल्य कम भयो र भन्सार तिरेर ल्याउनेको महँगो हुन्छ ।

यस्तै हो भने हामी ४ वर्ष जतिमा संकट भोग्छौँ । सरकारको ध्यान त्यता गएको छैन । किनभने उसलाई त सबै पुगिसक्यो । उसले कमाइसक्यो । त्यसैले हामी नागरिकले नै सचेत भएर स्वदेशी उत्पादनलाई नै जोड दिनु पर्दछ ।

अहिले विदेशी गाडीहरू बाइकहरू साइकलको एसेम्बिलिङको कुरामा हामी किन स्वदेशी एसेम्बल भएको प्रयोग गर्दैनौँ ? यसै हुँदै जाने हो भने अहिले व्यापारतिर गइराखेको ठुलो धन राशि उद्योगतिर ट्रान्स्फर हुँदै जान्छन् ।

४८ खर्बको जिडिपीमा निजी क्षेत्रले ४५ खर्ब परिचालन गरेको छ । खोइ त सबै नेताहरूबाट हिसाब खोज्दा पैसा नै छैन । सबैको हिसाब गर्नु पर्दछ । कसले कति र कहाँ लगानी गर्‍यो भनेर हेर्नु पर्‍यो । ऋण लिएपछि त्यसको ट्रयाकिङ हुनु पर्‍यो ।

अहिलेको सिस्टमहरूलाई हेर्दा नेपालको फाइनान्स सिस्टमहरू कोल्याप्स हुने हो कि भन्ने डर छ । किनभने १४ प्रतिशत ब्याजदरमा डिपोजिट लिएर के गर्नु हुन्छ ? त्यसको ऋण कसरी तिर्नु हुन्छ । आज पेन्सनमा पाइन्छ भन्ने ग्यारेन्टी छैन ।

मुलुक र अर्थतन्त्र बचाउन अध्यादेश, विधेयक ल्याउनुपर्ने अवस्था छ । मुलुकको सबै संरचना खलबलिएको छ । यस्तो होला भनेर हामीले कल्पना पनि गरेका थिएनौँ ।

(खबरहबले आयोजना गरेको ‘नेपालीको टाउकोमाथि वैदेशिक ऋणको बोझ कहिलेसम्म ?’ विषयमा अर्थविद् गोविन्द नेपालको धारणाको सम्पादित अंशः)[प्रस्तुतिः पुष्पाञ्जली बस्नेत]

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १२ : ५५ बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको