२०७९ साल असोज १६ गते आइतबारको राशिफल « Khabarhub

२०७९ साल असोज १६ गते आइतबारको राशिफल


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७९ साल असोज १६ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : सम्मान बढ्नेछ। आर्थिक क्षेत्रमा भने झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला।

वृष : शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। प्रेम बढ्नेछ।

मिथुन : वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला।

कर्कट : दिन सामान्य राम्रो छ। माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्।

सिंह : शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ।

कन्या : दिन सामान्य रहेको छ। पठनपाठन र अध्ययनले तपाईको उचाई बढ्नेछ। व्यवसायबाट राम्रो आम्दानी हुनेछ। प्रेममा धोका पाइनेछ।

तुला : अध्ययनमा जोश बढ्नेछ। मानसम्मान पाइनेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी सक्रिय छन्, बोल्दा ख्याल गर्नुहोला।

वृश्चिक : आफूले गर्दै आएका काममा होसियार भएर अगाडि बढ्नुहोला। अरुले छायामा पार्नसक्छन्। व्यापार र वैदेशिक क्षेत्रमा भने लाभको योग रहेको छ।

धनु : व्यापारको क्षेत्रमा धेरै राम्रो हुनेछ। लगानीबाट सम्तोषजनक परिणाम प्राप्त हुनेछ। जग्गाजमिनको कारोबार गर्नुभयो भने ठूलो आर्जन हुनेछ।

मकर : दिन सामान्य छ। बोलीले साथीभाइ टाढा हुनेछन्। सोचेर बोल्नुहोला। व्यापारिमा फइदा हुने। पारिवारिक सम्बन्ध सन्तोषजनक हुनेछ।

कुम्भ : आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला।

मीन : अवसर धेरै भएकाले सदुपयोग गर्नुहोला। बन्धुहरुको सहयोग लिन नभुल्नुहोला। भूमी कारोबारले ठूलो फाइदा दिनेछ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ५ : ५२ बजे

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना