दसैँमा पनि हवाई सेवा सञ्चालन हुन सकेन « Khabarhub

दसैँमा पनि हवाई सेवा सञ्चालन हुन सकेन


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बैतडी– हिन्दु नेपालीको महान चाड दसैँमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन । लामो समयदेखि बन्द रहेको हवाई सेवा दसैँमा पुनःसञ्चालन हुने भनिएको थियो । तर दसैँमा पनि सञ्चालन हुन नसकेको हो । समिट एयरले साप्ताहिकरुपमा उडान गर्दै आएकामा गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई उडान सेवा बन्द छ । 

कहिले यात्रु नपाइने समस्या त कहिले मौसम खराबीका कारण यहाँको उडान सेवा छ महिनादेखि बन्द रहेको हो ।  यसअघि दसैँलाई लक्षित गर्दै यही असोज ८ गते शनिबारदेखि नियमितरूपमा हवाई उडान हुने जनाइएको थियो ।  माथिबाटै दसैँमा यात्रु हुन्छन् भनेर असोज ८ देखि उडान भर्ने भनेर जानकारी आएको भए पनि यात्रु समस्याका कारण हुन नसकेको समिट एयर बैतडीका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले जानकारी दिए ।

साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो । भट्टले  भने, ‘दसैँ, तिहारका बेला यात्रु नियमितरुपमा पाइन्छन् भनेर  असोज ८ गतेदेखि फ्लाइट हुने जानकारी आएको थियो तर यात्रु अभावमा उडान हुन सकेन ।’

यसअघि बिहीबार हुँदै आएको हवाई उडान असोज ८ गतेदेखि हरेक शनिबार साप्ताहिकरुपमा धनगढी–बैतडी–धनगढी उडान हुने समिट एयरले जनाएको थियो ।  दसैँमा समेत यात्रु अभाव भएपछि अब भने यहाँ कहिले उडान हुने भन्नेबारे अनिश्चित भएको छ । 

उनले भने, ‘चाडपर्वका बेला यात्रु हुन्छन् र नियमित उडान गर्ने तयारी थियो तर अब यसपछि कहिलेदेखि उडान हुने भन्नेबारेसमेत अनिश्चित भएको छ । ‘बैतडीमा हवाई उडान नहुनुका कारण यात्रु नपाइने भनेर भन्ने गरिएको छ तार यात्रुको गुनासो भने भाडा महँगो भएको रहेको छ । १७ मिनेटमै पुगिने यात्रामा भाडा भने महँगो भएको स्थानीय भागिरथी भट्टले बताइन् । 

उनले भनिन्, ‘१७ मिनेटको यात्राका लागि पाँच हजार तिर्नु निकै महँगो हो, भाडादर घटाएपछि नियमितरूपमा यात्रु पनि पाइन्थे, यात्रुलाई पनि सहज हुन्थ्यो ।’ १७ मिनेटको बैतडी–धनगढी हवाई भाडा अबदेखि पाँच हजार रहेको छ । शुरुमा हवाई सेवा सञ्चालन हुँदा तीन हजार रु आठ सय ५० भाडा रहेकामा त्यसपछि बढेर चार हजार ६०० पुगेको थियो ।  

 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ४ : ५४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको