राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको दसैँको शुभकामना सन्देश | Khabarhub Khabarhub

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको दसैँको शुभकामना सन्देश


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बडादसैँ २०७९ को शुभ अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नेपालीको महान पर्व बडादसैँ २०७९ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति कामना गरेका छन् ।

‘वडादसैँ २०७९ ले हामी सबैमा नयाँ जोश, जाँगर र उत्साह, उमङ्गसहित सामाजिक-सांस्कृतिक एकता कायम राख्न प्रेरणा प्रदान गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न ऊर्जा मिल्नेछ’, सन्देशमा भनिएको छ, ‘साथै, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियान सफल बनाउन र आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछ भन्ने विश्वास राख्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

हाम्रो मुलुक बहुसांस्कृतिक विविधताले भरिपूर्ण छ । संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्यका रुपमा उल्लेख गरेको छ । जसले गर्दा सामाजिक-सांस्कृतिक चाडपर्व, मूल्यमान्यता तथा प्रचलन, रीतिरिवाज, परम्परा, संस्कार, संस्कृति राज्यको अभिन्न अङ्गका रुपमा रहेको सन्देशमा छ ।

सन्देशमा भनिएको छ, ‘विभिन्न क्षेत्र तथा समुदायमा रहेको सांस्कृतिक विविधताको सम्मान, संरक्षण र प्रवर्द्धन गर्न सकियो भने हाम्रा संस्कृति राज्यका अमूल्य सम्पत्तिका रूपमा रहनेछन् । यसले प्रत्येक व्यक्ति तथा समुदायको पहिचान सुनिश्चित गरी राज्यप्रति आम नागरिकको अपनत्व विकास गर्न सहयोग मिल्नेछ, जसको फलस्वरुप संघीयता मजबुत बनाउनसमेत महत्वपूर्ण योगदान पुग्दछ ।’

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म दुर्गा भवानीको पूजाआराधना गरी दशौँ दिन टीकाजमरा ग्रहण गरी पूर्णिमाका दिनसम्म मान्यजनको हातबाट आशीर्वाद लिइ मनाइने हिन्दु धर्मावलम्बीको महान चाड दसैँलाई पारिवारिक जमघटको विशेष अवसरका रुपमा लिइने गरिन्छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता कायम गर्न साथै सामाजिक-सांस्कृतिक परम्परा, ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्न दसैँको विशेष महत्व रहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ५ : २९ बजे

जापानमा सन् २०२५ मा भालु आक्रमणबाट सात जनाको मृत्यु

टोकियो- जापानले आर्थिक वर्ष २०२५ मा भालु आक्रमणका कारण अहिले

मधेस प्रदेश सरकारका दुई नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

महेन्द्रनगर– मधेस प्रदेश सरकारका नव नियुक्त दुई मन्त्रीले पद तथा

एमालेका यी नेताले भने- यथास्थितिमा पार्टी चल्न सक्दैन, ओलीले छोड्नु पर्छ

काठमाडौं– नेकपा एमालेको बुधबारदेखि ललितपुरमा जारी दशौँ केन्द्रीय कमिटी बैठकमा

फूलखेतीबाट पाँच लाख बढी आम्दानी

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका-१ चौघेराका तुल्सीराम भण्डारीले व्यावसायिक फूलखेतीबाट एक

पोटरी स्क्वायर क्षेत्रमा माटोको भाँडामा पर्यटकको आकर्षण बढ्दै

भक्तपुर– पर्यटकीय नगरी भक्तपुरको प्रसिद्ध दरबार स्क्वायरपछि पोटरी स्क्वायर क्षेत्रमा