चितवन राष्ट्रिय निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पुर्‍याएकाे  क्षतिबापत एक करोड २९ लाख ९८ हजार ३०७ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको कारण मानिसमा सामान्य क्षति भएको उपचारका लागि एक लाख ३४ हजार १७६, गम्भीर घाइतेको उपचारका लागि २९ लाख ४२ हजार ४८१, पाँच जना मानिसको मृत्यु भएको र उनीहरूलाई ५० लाख राहत प्रदान गरिएको छ ।

यस्तै वन्यजन्तुबाट पशुधनमा भएको क्षतिबापत २३ लाख ६० हजार २००, भण्डारण गरेको अन्न क्षतिबापत रु ७० हजार, घरगोठ क्षतिबापत तीन लाख ३९ हजार ६५०, अन्न बाली क्षतिबापत २१ लाख आठ हजार ३००, कुखुरा क्षतितर्फ ४३ हजार ५०० राहत वितरण गरिएको उनले जानकारी दिए ।

निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा बसोबास गर्ने नागरिकलाई वन्यजन्तुले पुर्‍याएकाे क्षतिबापत हरेक वर्ष राहत प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ७ : ४९ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो