धनकुटामा दसैँघरमा फूलपाती भित्र्याइयो « Khabarhub

धनकुटामा दसैँघरमा फूलपाती भित्र्याइयो


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

धनकुटा – नेपाली हिन्दूहरुको महान् पर्व विजयादशमीको सातौँ दिन धनकुटामा पनि दसैँघरमा फूलपाती भित्र्याइएको छ । धनकुटा नगरपालिका–५ बालमन्दिर बडहरेबाट नेपाली सेनाले ल्याइएको फूलपातीलाई धनपा–६ स्थित निशान मन्दिरको दसैँ घरमा भित्र्याइएको हो ।

फूलपातीका अवसर पारेर मन्दिरबाट डोलीमा निशान बोकेर बजार परिक्रमा गरी धनकुटाको तल्लो टुँडिखेलमा एक समारोहबीच विशेष पूजा गरी फूलपाती बढाइँ गरिएको थियो ।

फूलपाती कार्यक्रममा धनकुटामा रहेको जङ्गी निशान, शिरजङ्ग निशान र इन्द्रध्वज निशानलाई नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीले सलामी दिएका थिए । मन्दिरमा अष्टमी र नवमीमा बलि पूजा गरिने र दशमीको दिन यस दसैँ घरबाट जमरा लगेर घरघरमा टीका लगाइने निशान भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिए ।

पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा विसं १८३१ ताका यहाँ निशानको स्थापना गरी गोर्खाबाट हनुमानढोकामा फूलपाती भित्र्याउने परम्परानुसार धनकुटामा पनि दसैँ घरमा फूलपाती भित्र्याउने परम्परा रहिआएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ८ : २७ बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन