लिमानलाई रूसी सेनाबाट मुक्त गरिएको युक्रेनी दाबी | Khabarhub Khabarhub

लिमानलाई रूसी सेनाबाट मुक्त गरिएको युक्रेनी दाबी


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक प्रमुख शहर लिमानलाई रूसी सेनाबाट ‘खाली’ गरिएको बताएका छन् ।

मस्कोको आक्रमणविरुद्ध युक्रेनले हप्तौंलामो प्रतिआक्रमणको एउटा विशेषताका रूपमा रहेको यो पछिल्लो घटनाक्रम कीभ र पश्चिमको निन्दाका बावजुद रूसले कब्जा गरिएका युक्रेनी भूभागलाई अन्तिम रूप दिन अघि बढिरहेका बेला भएको हो ।

मस्कोको सेनाले हप्तौंसम्म प्रयास गरेको लिमानको पुनः कब्जाले क्रेमलिनले आफ्नो दाबी गरेको क्षेत्रमा युक्रेनी सेनाको पहिलो विजय हो र सबै सम्भव तरिकाले प्रतिरक्षा गर्ने कसम खाएको छ ।

‘स्थानीय समय अनुसार शनिबार मध्यान्न १२ः३० मा लिमन पूर्ण रूपमा रूसी सेनाबाट मुक्त भएको छ । युक्रेनी सेनालाई धन्यवाद !’ जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा लेखेका छन् ।

युक्रेनको सेनाले शनिबार लिमानमा प्रवेश गरेको बताएको छ । यसपछि मस्कोले शहरबाट आफ्ना सैनिकहरूलाई ‘अधिक अनुकूल रेखाहरू’ तर्फ ‘फिर्ता’ गर्ने घोषणा गरेको छ ।

आफ्नो नाम डे गुएरे ‘स्मोक’ बताउने ३३ वर्षीय युक्रेनी सैनिकले लिमानबाट एएफपीलाई भने, ‘अब म आशावादी छु र धेरै प्रेरित छु । म अग्रपङ्तीमा अझै अक्कल झुक्कल आक्रमण र प्रत्याक्रमणका गतिविधि देख्छु । यद्यपि हाम्रो अवस्था मजबुत छ । कसरी विदेशी हतियारहरू भित्राउने र हामीलाई हाम्रो भूमि फिर्ता लिने यसमा सहयोगी राष्ट्रले मद्दत गर्नेछन् ।’

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : २१ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय