लिमानलाई रूसी सेनाबाट मुक्त गरिएको युक्रेनी दाबी « Khabarhub

लिमानलाई रूसी सेनाबाट मुक्त गरिएको युक्रेनी दाबी


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक प्रमुख शहर लिमानलाई रूसी सेनाबाट ‘खाली’ गरिएको बताएका छन् ।

मस्कोको आक्रमणविरुद्ध युक्रेनले हप्तौंलामो प्रतिआक्रमणको एउटा विशेषताका रूपमा रहेको यो पछिल्लो घटनाक्रम कीभ र पश्चिमको निन्दाका बावजुद रूसले कब्जा गरिएका युक्रेनी भूभागलाई अन्तिम रूप दिन अघि बढिरहेका बेला भएको हो ।

मस्कोको सेनाले हप्तौंसम्म प्रयास गरेको लिमानको पुनः कब्जाले क्रेमलिनले आफ्नो दाबी गरेको क्षेत्रमा युक्रेनी सेनाको पहिलो विजय हो र सबै सम्भव तरिकाले प्रतिरक्षा गर्ने कसम खाएको छ ।

‘स्थानीय समय अनुसार शनिबार मध्यान्न १२ः३० मा लिमन पूर्ण रूपमा रूसी सेनाबाट मुक्त भएको छ । युक्रेनी सेनालाई धन्यवाद !’ जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा लेखेका छन् ।

युक्रेनको सेनाले शनिबार लिमानमा प्रवेश गरेको बताएको छ । यसपछि मस्कोले शहरबाट आफ्ना सैनिकहरूलाई ‘अधिक अनुकूल रेखाहरू’ तर्फ ‘फिर्ता’ गर्ने घोषणा गरेको छ ।

आफ्नो नाम डे गुएरे ‘स्मोक’ बताउने ३३ वर्षीय युक्रेनी सैनिकले लिमानबाट एएफपीलाई भने, ‘अब म आशावादी छु र धेरै प्रेरित छु । म अग्रपङ्तीमा अझै अक्कल झुक्कल आक्रमण र प्रत्याक्रमणका गतिविधि देख्छु । यद्यपि हाम्रो अवस्था मजबुत छ । कसरी विदेशी हतियारहरू भित्राउने र हामीलाई हाम्रो भूमि फिर्ता लिने यसमा सहयोगी राष्ट्रले मद्दत गर्नेछन् ।’

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : २१ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा