उत्तर कोरियाद्वारा व्यालेस्टिक मिसाइल प्रहार « Khabarhub

उत्तर कोरियाद्वारा व्यालेस्टिक मिसाइल प्रहार


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सियोल – उत्तर कोरियाले बुधबार “अपरिचित ब्यालेस्टिक मिसाइल“ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेका बेला उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । “उत्तर कोरियाले पूर्वी सागर तर्फ अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ,“ संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमा भने ।

यसअघि उत्तर कोरियाले सोमबार अमेरिका र दक्षिण कोरियालाई यस क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास रोक्न आह्वान गरेको थियो । दक्षिण कोरिया र अमेरिकी गतिविधिले उत्तेजित गराएकोसमेत उत्तर कोरियाले जनाएको छ ।

अमेरिका र दक्षिण कोरियाको निरन्तर र लापरवाही सैन्य गतिविधिका कारण कोरियाली प्रायद्वीप टकराव बढेको छ । अमेरिका र दक्षिण कोरियाले वर्षेनी सैन्य अभ्यास गर्दै आएका छन् जसको प्योङयाङले विरोध गर्दै आएको छ ।

अर्कोतर्फ उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गर्दै आएको छ । उत्तरको आणविक परीक्षणलाई लिएर अन्र्तराष्ट्रिय समुदायले प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ८ : ०९ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा