तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री « Khabarhub

तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – तिहार पर्वमा चितवनका एउटै किसानले सात लाखको सयपत्री फूल बेचेका छन्। भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा सात लाखको फूल बेचेका हुन् ।

गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले यस वर्ष चार बिघामा फूल रोपेका थिए । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ । यस वर्ष भारतबाट फूल आयात कम भएका कारण पनि व्यापार राम्रो भएको उनको भनाइ छ । तिहारको अवधिभर १२ हजार बढी फूलको माला बिक्री भएको उनले बताए ।

“मैले उत्पादन गरको फूल सबै जिल्लाभित्रै खपत भयो”, उनले भने, “केही फूल पश्चिम नेपालका जिल्लामा पनि पठाएँ ।” उनले अझै चार÷पाँच लाखको फूल बारीमा नै रहेको बताएका छन् । “मङसिरमा बिहेको लगन आउँदैछ, त्यो बेला पनि सयपत्री फूल बिक्री हुन्छ, अन्य समयमा पनि फाट्टफुट्ट बिक्री भइरहन्छ”, उनले भने । उनले १२ लाखको फूल बेच्दा एक सिजनमा सबै खर्च कटाएर आफूलाई छ–सात लाख बचत हुने सुनाए । डेढ बिघा जग्गामा फूल बिक्री गरिसकेपछि उनले तोरी लगाइसकेका छन् ।

“यसपटक राम्रो व्यापार भयो, २०८० सालको दसैँमा १० बिघा क्षेत्रफलमा सयपत्री फुलाउँछु”, उनले भने, “वरिपरि ढकमक्क फूल फुलेको देख्दा पनि निकै रमाइलो लाग्छ ।” उनले २६ वर्षअघिसम्म काठमाडौँमा पढाउने काम गरेका थिए । “काठमाडौँमा बसेर १० वर्ष पढाउने काम गरेँ”, उनले भने, “त्यो काम छाडेर भरतपुर फर्किएँ र फूलको मोहले नर्सरी सञ्चालन गर्न थालेँ, अन्ततः व्यवसाय नै फूलखेती बन्यो ।”

धादिङ फूलखर्क–४ का उनले नौबिसेबाट पुष्प खेतीको सुरुआत गरेका थिए । हिजोआज सयपत्री फूल व्यवसायिकरूपमा सुरु गर्न करिब ५० हजार भए पुग्ने उनको भनाइ छ । “पहिला सयपत्री फूलले खासै बजार पाउँदैनथ्यो, अहिले बजारमा धेरै माग बढिरहेको छ”, उनले भने, “अहिले जति उत्पादन गरे पनि बजार नपाइएला भन्ने चिन्ता छैन ।”

यो व्यवसाय गर्नका लागि उनलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ । उनीहरुका दुई छोरी र दुई छोरा छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ८ : ३७ बजे

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००