मोफसलमा दर्शक भेट्दै ‘महापुरूष’ टिम | Khabarhub Khabarhub

मोफसलमा दर्शक भेट्दै ‘महापुरूष’ टिम


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत कात्तिक ११ गतेबाट प्रदर्शन भइरहेको फिल्म ‘महापुरूष’लाई दर्शकले रुचाइरहेका छन् । प्रदर्शनकै दिनदेखि हल पुगेर निर्माण टिमले प्रतिक्रिया समेत लिइरहेका छन् । हलसम्म आइपुगेका दर्शक फिल्म हेरिसकेपछि निर्माण टिमलाई बधाई दिँदै निस्किरहेका छन् । 

काठमाडौं उपत्यकाका दर्शकसँग भेटेर प्रतिक्रिया लिएको टिम मोफसलमा निस्किने भएको छ । कार्यकारी निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ, लेखक तथा निर्देशक प्रदीप भट्टराई, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अन्जना बराइली पश्चिमका सहर पुगेर प्रतिक्रिया लिने भएका छन् । 

बुधबार नेपालगन्जमा दर्शक भेटेर प्रतिक्रिया लिने टिम दाङ, बुटवल हुँदै चितवनसम्म पुग्नेछ । ‘हामी आज नेपालगन्जका दर्शकहरूसँग भेटघाट गर्नेछौँ । त्यसपछि दाङ, बुटवल हुँदै चितवनका दर्शकलाई भेटेर काठमाडौं फर्किने तयारी छ,’ कार्यकारी निर्माता बानियाँले भने । यसअगाडीको आफ्ना फिल्महरू टल्क जंग भर्सेस टुल्के, जात्रा र जात्रै जात्राभन्दा राम्रो ‘वर्ड अफ माउथ’ दर्शकमार्फत् पाएको उनले बताए ।

निर्देशक भट्टराई पनि दर्शकको प्रतिक्रिया निकै सकारात्मक रहेको बताउँछन् । ‘हामीले भन्न खोजेको विषयलाई कसरी लिनुहुन्छ भन्ने सोचिरहेको थिएँ । हल भिजिटमा पाएको प्रतिक्रियाले झनै हौसला मिलेको छ । यो हाम्रो समाजको गम्भीर विषयको सरल प्रस्तुति हो,’ निर्देशक भट्टराईले भने । फिल्म हेर्न प्राय परिवार नै एकसाथ आइरहेका छन् । उनीहरूले यही फिल्म मार्फत डेब्यु गरेका कलाकारहरू अरुण र अन्जनालाई आशिर्वादसमेत दिइरहेका छन् । 

फिल्मले बालकदेखि वृद्धसम्मका दर्शकहरुलाई हलसम्म तान्न सफल भएको छ । कात्तिक १६ मा नेपालगन्जमा मोफसलका दर्शक भेटघाट गर्ने टिमले १६ गते साँझ र १७ गते दाङ, १७ गते दिउँसो बुटवल र १८ गते नारायणगढको दर्शकसँग भेटघाट गर्दै काठमाडौं फर्किनेछन् । पूर्व निर्धारित कार्यक्रमको कारण संयुक्तराज्य अमेरिकामा रहेका अभिनेता हरिवंश आचार्यले आफ्नो मन भने नेपालमै रहेको बताए । उनले भिडियो सन्देश पठाउँदै भनेका छन्, ‘पूर्व निर्धारित कार्यक्रमले गर्दा अमेरिकामा छु । यद्यपि म त्यहीँ नेपालमा रहेर दर्शकसँग प्रतिक्रिया लिन चाहन्थे । तपाइँहरूले दिएको  प्रतिक्रियाले हामीलाई झनै हौसला मिलेको छ’, अभिनेता आचार्यले भने । 

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराइली मुख्य भूमिकामा रहेका छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षकमार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । 

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी। गुरुङको सम्पादन रहेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेका छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य ÷ शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा अमित श्रेष्ठ , रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ११ : ०५ बजे

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउन आवश्यक समन्वय गरिने

काठमाडौं– शहरी विकास मन्त्रालयले तयार गरेको शहरी विकास विधेयकको ड्राफ्टका

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

विराटनगर– कोशी प्रदेशसभाबाट ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,

सरकार छाडेपछि रेशमले भेटे प्रधानमन्त्री, रञ्जिता प्रतिपक्षी बेन्चमा

काठमाडौं- नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धन सरकार छाडेपछि नागरिक

शहरी विकास विधेयकबारे उपप्रधानमन्त्री सिंह र भूमिव्यवस्था मन्त्रीबीच छलफल

काठमाडौं– शहरी विकास मन्त्रालयले तयार गरेको शहरी विकास विधेयकको ड्राफ्टका बारेमा

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघको