एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य : ओली « Khabarhub

एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य : ओली


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत नआए मुलुकमा दुर्भाग्य हुने बताएका छन् । नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १ निर्वाचन परिचालन कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई अघि बढाउन एमाले सुदृढ राष्ट्रिय एकल शक्तिको रुपमा आउनै पर्ने भन्दै त्यसो हुन नसके मुलुकमा दुर्भाग्य हुने बताएका हुन्।

परमादेश लिएर किर्ते ढंगले सरकार बनाएकाहरूले पुन सरकार बनाए मुलुक अप्ठेरोमा जाने उनको भनाई छ । ओलीले परमादेशी सरकार बनाएदेखि नै अदालत बेहाल अवस्थामा रहेको जिकिर गरे । उनले आगामी निर्वाचन महासंग्राम भएको भन्दै प्रतिगामीहरूलाई चुनावबाट पराजित गर्नुपर्ने बताए। गठबन्धनसँग देश विकासको कुनै लक्ष्य र उद्देश्य नै नभएको उनको भनाई छ ।

उनले अहिले पनि गठबन्धनमा रहेका केही दलहरू निर्वाचनपछि सरकारमा जान च्याखे थापेर बसेको बताए । ओलीले यसअघिको एमाले सरकारले मुलुकमा असाधारण विकास गरेको दाबी गरे। ओलीले विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको समेत बताए । उनले अहिले पनि विरोधीहरूको एमाले सरकारले बनाएको धरहरा देखेर तर्सिने गरेको तर्क गरे ।

त्यस्तै एमाले अध्यक्ष ओलीले सबै दल र नेताहरूलाई एकै जस्तो गरेर भ्रष्टाचारी, विकास विरोधी भनेर प्रचार हुने गरेको भन्दै आपत्ती जनाए । मुलुकका जनताहरू सचेत रहेकाले मुलुकको हितमा काम गर्ने पार्टी एमालेलाई बिजयी गराउने उनको भनाई छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  २ : ४१ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको