अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्समा सुरु « Khabarhub

अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्समा सुरु


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्समा सुरु भएको छ । लिगको ३१ औँ शिखर सम्मेलनका मुख्य एजेण्डामा खाद्य सुरक्षा र इजरायल प्यालेस्टाइन विवाद रहेका बताइएको छ ।

यसअघि लिगको ३० औँ सम्मेलनको आयोजक राष्ट्र ट्युनिशिया रहेको थियो । ट्युनिशियाका राष्ट्रपति काइस साइदले अरब लिगको अध्यक्षता गरिरहेका थिए । सो सम्मेलन सुरु भएपछि त्यसको अध्यक्षता उनले अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबेनोलाई हस्तान्तरण गरेका छन् ।

सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै अल्जेरियाका राष्ट्रपति सइदले अरब लिगको एकतामा जोड दिएका छन् । उनले यस ३१ औँ सम्मेलनको नारा पनि पुनर्मिलन राखिएको भन्दै यस सम्मेलनले अरब राष्ट्रहरुका बीचमा पुनर्मिलन गराउने अपेक्षा गरिएको बताए ।

सो सत्रमा अल्जेरियाका राष्ट्रपति तोबेनोले अरब विश्व र समग्र विश्व नै अहिले विभिन्न जटिलताका साथ गुज्रिरहेका बेला अरब लिगको सम्मेलन सुरु भएको भन्दै यस सम्मेलनले अरबका समस्याहरुको समाधानका लागि विकल्प दिन सक्नुपर्ने बताए ।

उनले हाल विश्वमा कोरोना भाइरसको समस्यापछि सुरु भएको आर्थिक मन्दीका साथै खाद्यान्न सङ्कटजस्ता विषयमा अरब विश्वले पनि सोच्नुपर्ने धारणा राखे ।

उनले हाल विश्वमै बढ्दो रुपमा रहेको खाद्यान्न सङ्कटको समाधानका लागि अरब विश्वले पनि आफ्नो अर्थतन्त्रमा गति दिँदै आपसमा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिएका छन् ।

सो सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस पनि सहभागी हुने बताइएको छ । साथै अन्य अरब देशका नेताहरुले सो सम्मेलनमा रुसहभागिता जनाउने बताइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  २ : ४८ बजे

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा