अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्समा सुरु « Khabarhub

अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्समा सुरु


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्समा सुरु भएको छ । लिगको ३१ औँ शिखर सम्मेलनका मुख्य एजेण्डामा खाद्य सुरक्षा र इजरायल प्यालेस्टाइन विवाद रहेका बताइएको छ ।

यसअघि लिगको ३० औँ सम्मेलनको आयोजक राष्ट्र ट्युनिशिया रहेको थियो । ट्युनिशियाका राष्ट्रपति काइस साइदले अरब लिगको अध्यक्षता गरिरहेका थिए । सो सम्मेलन सुरु भएपछि त्यसको अध्यक्षता उनले अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबेनोलाई हस्तान्तरण गरेका छन् ।

सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै अल्जेरियाका राष्ट्रपति सइदले अरब लिगको एकतामा जोड दिएका छन् । उनले यस ३१ औँ सम्मेलनको नारा पनि पुनर्मिलन राखिएको भन्दै यस सम्मेलनले अरब राष्ट्रहरुका बीचमा पुनर्मिलन गराउने अपेक्षा गरिएको बताए ।

सो सत्रमा अल्जेरियाका राष्ट्रपति तोबेनोले अरब विश्व र समग्र विश्व नै अहिले विभिन्न जटिलताका साथ गुज्रिरहेका बेला अरब लिगको सम्मेलन सुरु भएको भन्दै यस सम्मेलनले अरबका समस्याहरुको समाधानका लागि विकल्प दिन सक्नुपर्ने बताए ।

उनले हाल विश्वमा कोरोना भाइरसको समस्यापछि सुरु भएको आर्थिक मन्दीका साथै खाद्यान्न सङ्कटजस्ता विषयमा अरब विश्वले पनि सोच्नुपर्ने धारणा राखे ।

उनले हाल विश्वमै बढ्दो रुपमा रहेको खाद्यान्न सङ्कटको समाधानका लागि अरब विश्वले पनि आफ्नो अर्थतन्त्रमा गति दिँदै आपसमा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिएका छन् ।

सो सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस पनि सहभागी हुने बताइएको छ । साथै अन्य अरब देशका नेताहरुले सो सम्मेलनमा रुसहभागिता जनाउने बताइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  २ : ४८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले