‘नेपाललाई दक्षिण एसियाको ‘पर्यटन राजधानी’ बनाउनेछु’ « Khabarhub

‘नेपाललाई दक्षिण एसियाको ‘पर्यटन राजधानी’ बनाउनेछु’


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य पदका लागि काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका श्री गुरुङले नेपाललाई दक्षिण एसियाको पर्यटन राजनधानी’ बनाउन पहल गर्ने संकल्प गरेका छन् । क्यामेरा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका उनले मतदातासँग आफू निर्वाचित भएपछि नेपाललाई दक्षिण एसियाको पर्यटन राजधानी बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका प्रदीप पौडेलसँग प्रतिस्पर्धामा रहेका गुरुङले ‘पर्यटन नै समृद्धिको आधार देशमा विकास र युवालाई रोजगार’ भन्ने नारासहित मतदातासँग मत मागेका छन् । नेपालको पर्यटन, प्रविधि, व्यापार र ऊर्जा प्रवर्द्धनमा जोड दिएका उनले चीन र दक्षिण एसियाली मुलुकहरूको समन्वय तथा लगानी अनि नेपालको निगरानी, स्वामित्व तथा कानुनी आधारमा अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाहको निर्माण गर्ने बताएका छन् । 

नेपालको हिमालहरुमा जलवायु परिवर्तनको असरको मुद्दा विश्वव्यापिकरण गर्न पहल गर्ने उद्घोष गरेका श्री गुरुङले गाजा खेतीलाई पर्यटन, औषधीजन्य, कपडाजनइ तथा व्यापारिक प्रयोजनका लागि मापदण्डसहितको वैधानिकता दिन कानुन निर्माणमा जुट्ने प्रतिबद्धता जनाएका छन् । 

घरदैलोमा जाने क्रममा काठमाडौं-५ का मतदाताले देखाएको उत्साहले आफू निर्वाचित हुने दाबी गरेका उनले सीपमुलक शिक्षा, सफा अस्पताल, प्रविधियुक्त सरकारी सेवालाई आफ्नो एजेण्डामा समावेश गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ३ : ०१ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको