‘नेपाललाई दक्षिण एसियाको ‘पर्यटन राजधानी’ बनाउनेछु’ « Khabarhub

‘नेपाललाई दक्षिण एसियाको ‘पर्यटन राजधानी’ बनाउनेछु’


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य पदका लागि काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका श्री गुरुङले नेपाललाई दक्षिण एसियाको पर्यटन राजनधानी’ बनाउन पहल गर्ने संकल्प गरेका छन् । क्यामेरा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका उनले मतदातासँग आफू निर्वाचित भएपछि नेपाललाई दक्षिण एसियाको पर्यटन राजधानी बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका प्रदीप पौडेलसँग प्रतिस्पर्धामा रहेका गुरुङले ‘पर्यटन नै समृद्धिको आधार देशमा विकास र युवालाई रोजगार’ भन्ने नारासहित मतदातासँग मत मागेका छन् । नेपालको पर्यटन, प्रविधि, व्यापार र ऊर्जा प्रवर्द्धनमा जोड दिएका उनले चीन र दक्षिण एसियाली मुलुकहरूको समन्वय तथा लगानी अनि नेपालको निगरानी, स्वामित्व तथा कानुनी आधारमा अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाहको निर्माण गर्ने बताएका छन् । 

नेपालको हिमालहरुमा जलवायु परिवर्तनको असरको मुद्दा विश्वव्यापिकरण गर्न पहल गर्ने उद्घोष गरेका श्री गुरुङले गाजा खेतीलाई पर्यटन, औषधीजन्य, कपडाजनइ तथा व्यापारिक प्रयोजनका लागि मापदण्डसहितको वैधानिकता दिन कानुन निर्माणमा जुट्ने प्रतिबद्धता जनाएका छन् । 

घरदैलोमा जाने क्रममा काठमाडौं-५ का मतदाताले देखाएको उत्साहले आफू निर्वाचित हुने दाबी गरेका उनले सीपमुलक शिक्षा, सफा अस्पताल, प्रविधियुक्त सरकारी सेवालाई आफ्नो एजेण्डामा समावेश गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ३ : ०१ बजे

६० वर्षको उमेरमा फेरि बेहुला बन्दै आमिर खान, जुलाई ५ मा गौरी स्प्रैटसँग निजी समारोहमा विवाह

काठमाडौं– बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिर खानले आफ्नो तेस्रो विवाहको तयारीबारे

नेप्से परिसूचक आठ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

समानान्तर महाधिवेशनको तयारीमा कांग्रेसको असन्तुष्ट पक्ष, सम्पर्क कार्यालय तयार गरिँदै

काठमाडौं– कांग्रेस संस्थापन पक्षले १६–१९ असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने

सरकारले मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लागेको छ : मेयर साह

काठमाडौं- रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएर

रूपन्देही जिल्ला अदालतले एक वर्षमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट

भैरहवा- जिल्ला अदालत रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा चार हजार